सिन्धुपाल्चोक मा पहिराेमा परि घाईते हुनेकाे कांग्रेस नेता बस्नेत द्वारा हेलिकप्टरबाट उद्दार

सिन्धुपाल्चोक मा पहिराेमा परि घाईते हुनेकाे कांग्रेस नेता बस्नेत द्वारा हेलिकप्टरबाट उद्दार

काठमााडौं – भारी वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढीले २४ जना वेपत्ता भएका छन् । तीमध्ये दुई जना मृत फेला परेका छन् भने २२ जना अझैं वेपत्ता रहेका छन् ।

यसबीच बाढीमा परेर घाइते भएकाहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसको केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले घाइतेहरुलाई काठमाडौं ल्याउन बन्दोवस्त गरेका हुन् ।

संकटका बेला देशभर नै कांग्रेसले जनताका सेवामा काम गर्दै आइरहेको छ । काँग्रेस नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरसको संक्रमण पीसीआर परीक्षण गर्ने मेसिन उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् ।

कांग्रेस नेता बस्नेतले यसअघि जिल्लाभरिका ६३१ जना स्वास्थ्यकर्मीको कोरोना बीमा गरिदिएका थिए । उनले नेपालकै पहिलो कोरोनाबाट मृत्यु भएकी ९ दिनकी सुत्केरी सावित्री तिमल्सिना चािलसेको नवजात शिशुलाई पौष्टिक आहारको लागि आफैले एक लाखको प्रबन्ध मिलाइदिएका थिए ।

शिशुलाई एक कक्षादेखि १२ कक्षासम्म पठाइदिने र त्यसपछि रोजगारीको व्यवस्था मिलाइदिने घोषणा पनि गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले अब एम्बुलेन्स चालकहरू र नेपाल प्रहरीको कोराना बीमा गरादिने घोषणा समेत गरेका छन् ।

यसअघि नेपाली कांग्रेस र यसका भ्रातृ शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरू मिलेर सिन्धुपाल्चोकमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र आमनागरिकलाई स्वास्थ्य सामग्रीहरू वितरण गर्दै आएको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal