आइसोलेशन र क्वारेन्टाइनमा बसेका सँग भण्डारीको अन्तरक्रिया

आइसोलेशन र क्वारेन्टाइनमा बसेका सँग भण्डारीको अन्तरक्रिया

काभ्रेपलान्चोक/ पाँचखाल नगरपालिकाले सन्चालन गरेको आइसोलेशन र क्वारेन्टाइनमा बस्नुभएकाहरुसँग नगरका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले अन्तरक्रिया गर्नुभएको छ ।

भण्डारीले शुक्रबार आइसोलेशन र क्वारेन्टाइन पुगेर उनीहरुको बारेमा जानकारी लिनुभएको थियो । उनीहरुको समस्या, आइसोलेशन र क्वारेन्टाइनको अवस्थाका बारेमा जानकारी लिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

अनुगमनमा क्वारेन्टाइन व्यवस्थापन प्रमुख कल्याण सुबेदी, स्वास्थ्य शाखाका राजु अधिकारी लगायतका सहभागी भएको क्वारेन्टाइन व्यवस्थापनमा खटिनुभएका पवन गौतमले जानकारी दिनुभयो ।

आइसोलेशन र क्वारेन्टाइनमा २४ जना ब्यक्तिहरु हुनुहुन्छ । नगरले स्थापना गरेको आइसोलेशनमा २ जना संक्रमित उपचाररत हुनुहुन्छ । क्वारेन्टाइनमा भने २ जना महिला र २० जना पुरुष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal