चन्द्रमायाले पाईन नयाँ घर

चन्द्रमायाले पाईन नयाँ घर


बनेपा / बिगत ४ बर्षदेखी टहराको जिबन बिताईरहेका चन्द्रमाया श्रेष्ठ र उनकी १२ बर्षिया छोरी प्रमिला श्रेष्ठलाई नयाँ घर हस्तान्तरण गरिएको छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल तथा श्रद्दावान नेपालको संयोजनमा विभिन्न सामाजिक संस्था र सामाजिक अभियन्ताको आर्थिक सहयोगमा चन्द्रमाया निवास निर्माण गरिएको हो। २०७३ सालको भुकम्प पछि घर लडेर जस्ताको टहरामा अति नै कष्टकर जीवन बिताएको खबर पाएपछी धरोहर संरक्षणका अभियन्ताहरुले सहयोग संकलन गर्न सुरु गरेका थिए। लगभग ६ लाख ३५ हजारमा तयार भएको सो घरमा भुकम्प पुनर्निर्माण प्राधिकरणको २ लाख १५ हजार तथा बिल्ड अप नेपाल इन्जिनियरिङ प्राली को १ लाख ६५ हजार सहयोग प्राप्त भएको थियो।

बिल्ड अप नेपालका इन्जिनियर आशिष गौतमको पहलमा इन्टरलक इट्टाबाट बनाइएको सो घर २ कोठाको बनाइएको छ। चन्द्रमाया एकल महिला हुन भने उनको १४ बर्षिया छोरी रमिला प्रधान अपांग थिइन । गत २०७६ जेष्ठमा उन्को मृत्यु भएको थियो। दैनिक ज्याला मजदुरी गरेर जिबनयापन गर्दै आएकी चन्द्रमायालाई घर बनाउने भन्दा पनि बाच्नको लागि खाना कसरी जोहो गर्ने भन्ने थियो। बनेपाका लब्धप्रतिष्ठित ब्यापारी, समाजसेवी, राजनीतिज्ञ, जनप्रतिनिधि सबैले आस्वासन मात्र देखाए तर हाम्रो पीडा कसैले सुनेन र देखेन पनि अब हाम्रो नि बस्ने ठाउँ छ अब बाच्ने आशा पलायो भन्दै आँसु झारिन चन्द्रमायाले।कोरोना बन्दाबन्दी अघि नै घर निर्माण सकिएपनी कोरोना कहरले सो घर आज सानो कार्यक्रमका बिच हस्तान्तरण गरियो। बनेपाका पत्रकार दिनेश घिमिरे र राजकुमार पराजुलीको लामो समाचार प्रकाशनपछी सो दुई संस्थाले घर निर्माणको जिम्मा लिएको थिए।

आज घरको साचो ताल्चा हस्तान्तरण गर्दै असहाय र अशक्तको सेवा नै धर्म हो,उहाँको यो दुख र पीडा देखेपछी हामिले नबनाउने भन्नै सकेनौ,सबै अभियन्ताहरुको साथ पाए उहाँको घर पक्कै बन्नेछ भन्ने दृढ बिश्वास लिएर हामिले घर बनाउने अठोट लियौँ र सफल पनि भयौ, संस्थाका अध्यक्ष राजानन्द माण्डव्यले भन्नुभयो। कार्यक्रममा आर्थिक पारदर्शिता सहित संस्थाकी सचिब करुणा न्यौपानेले चन्द्रमाया जस्तै अरु दिन दुखीको सेवामा हाम्रो अभियान सदैब तत्पर रहनेछ। अब हाम्रो कर्तव्य चन्द्रमाया दिदिको छोरीको भबिष्य कसरी उज्ज्वल बनाउने भन्ने हो त्यो हामी अझै सहयोग गर्ने बिश्वास दिलाउन चाहन्छौ।

सो घर ६ लाख ३५ हजारको लागतमा निर्माण हुदाँ जम्मा ६ लाख २० हजार उठेको थियो भने १५ हजार नपुग रकम माण्डव्यले ऋण बोकेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal