मुुलुक अतिबादको चपेटामा : डा.रिजाल

मुुलुक अतिबादको चपेटामा : डा.रिजाल

काभ्रेपलान्चोक / नेपाली काँग्रेसका प्रभाबशालि केन्द्रिय सदश्य एबं पूर्ब सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले राजाबादी र कम्युनिष्ट सरकारको अतिबादका कारण मुलुक संकटमा फस्दै गएको बताएका छन् । उनले बि.पी कोइरालाले मुलुक जतिखेर संकटमा परेको हुन्छ त्यतिबेला सम्पूर्ण नेपालीहरुले नेतालाई सोधेर होइन आफनै छातीमा हात राखेर र आफनो भूमीको माटो अञ्जुलीमा लिएर आफनो कर्तब्य र दायीत्वका बारेमा आफ्नै मनलाई सोधेर जे उत्तर आउँछ त्यही निणर्य लिन अपिल गरेको स्मरण गर्दै नेपालीजन र काँग्रेसजनहरुलाई मूलुकका बारेमा निणर्य लिन अनुरोध गर्नुभएकाे कुरा स्मरण गरे ।
३८ औं बि.पी स्मृति दिवसको अवसरमा बि. पी बिचार समाज काभ्रे पनौतीले आयोजना गरेको कार्यालय उद्घाटन तथा बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले यस्तो अनुरोध गरेेेका हुन् ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्य, पूर्ब उद्योग राज्यमन्त्रि एबं प्रतिनीधि सभा सभापति कञ्चनचन्द्र बादे,क्षेत्रिय सभापति एबं पाँचखालका मेयर महेश खरेल, प्रदेश सभा उमेदवार गणेश लामा, काँग्रेस नेता तिर्थ पसखल , महेश पौडेल लगायतले बि.पीको प्रजातान्त्रिक आन्दोलनमा गरेको आन्दोलनका बारेमा चर्चा गरेका थिए .कार्यक्रम बि.पी बिचार समाज काभ्रे पनौतीका अध्यक्ष प्रल्हाद के.सीको अध्यक्षतामा सम्पन्न भएको थियो । यसै गरि बनेपा नगर समितिले साेेहि अवसर पारेर रक्तदान कार्यक्रम गरेकाे थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal