बिनयकाे ‘मायामा फँसे कि म…’ सार्बजनिक

बिनयकाे ‘मायामा फँसे कि म…’ सार्बजनिक

काठमाडौं / साङ्गीतिक क्षेत्रमा डेढ दशक बिताइसकेका गायक, सङ्गीतकार तथा सङ्गीत संयोजक बिनय कार्कीको धेरै पछि एउटा आशा लाग्दो गीत ‘मायामा फँसे कि म…’ सार्बजनिक भयको छ । रियालिटी शो भ्वाइस अफ नेपाल सिजन-२ मा ‘भुमो’ गीतबाट निकै भाइरल भएर चर्चा कमाउन सफल बिनयले ‘मायामा’ बोलको गीत सार्बजनिक गरेर अझ धेरै स्रोता/दर्शकको माया पाउने आशा राखेको बताउछन ।

बिनयलाई यो गीतमा लोकप्रिय गायिका मेलिना राईले साथ दिएकी छन् । माया प्रेममा रहेर बनाइयको गीतमा सबिन लामाको शब्द रहेको छ भने सङ्गीत बिनय स्यम्कै रहेको छ । सङ्गीत सम्योजक भने शेलेन्द्र प्रधान बाबुको रहेको छ ।

‘मैले सधैँ जसो गाइरहेको गीतमा भन्दा केही फरक गीत आएको छ । यो गीतलाई पनि सबैले माया गरिदिनु हुन्छ भन्ने विश्वास लिएकी छु’ मेलिना राईले भनिन् । गीतको भिडियोमा गायक बिनय र अलिशा शर्मालाई फिचरिङ गरिएको छ ।

आशिस रानाको कोरियोग्राफर र निर्देशन रहेको गीतको भिडियोलाई पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेका छन् ।
सार्वजनिक गीतको टिकटक प्रतियोगीता पनि रहेको छ । टिकटको नजिता भने भाद्र १४ गते सार्बजनिक गरिने बताइएको छ । भाद्र १५ गते गायक बिनय कार्कीको जन्मदिनको अवसर मा बिजेतालाई उपहार र नगद रुपैयाँ ११ हजार एकसय ११ हस्तान्तरण गरिने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal