इराकमा नेपाली अलपत्र उद्धारको माग गर्दै कुवेतमा रहेको दुतावासमा निवेदन

इराकमा नेपाली अलपत्र उद्धारको माग गर्दै कुवेतमा रहेको दुतावासमा निवेदन


इराक/ बैदेशिक रोजगारीको लागि इराक पुगेका नेपालीहरुले नेपाल सरकार समक्ष उद्धारको माग गरेका छन् । इराकको कुर्दिकिस्तान लगायतमा कार्यरत रहेका नेपालीहरु अलपत्र परेको भन्दै उद्धारको माग गरेका हुन् । उनीहरुले कुवेत स्थित दुतावासमा उद्धारको लागि निवेदननै दिएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को कारण इराकमा गरिएको लकडाउनले उद्योग धन्दाहरु बन्द भएर धेरै नेपालीहरु अलपत्र परेको तथा कोहिलाई काम बाटनै निकालिदिएर अलपत्र परेकाहरुलाई उद्धार गर्न उनीहरुले नेपाल सरकारकारलाई अपिल समेत गरेका छन् ।
उद्धारको लागि भाडा कति लाग्छ आफै तिर्ने भन्दै प्लेनको व्यवस्था नेपाल सरकारले गरिदिए सजिलो पर्ने उनीहरुको भनाई छ । यदि नेपाल सरकारले उद्धारको पहल गरे इराकको अर्बिल भन्ने ठाउँमा रहेको अन्तरराष्ट्रिय विमानस्थलमा जम्मा हुने बताउँदै जति सक्दो चाँडो नेपाल फर्कने व्यवस्था गर्न अनुरोध गरेका छन् ।
कुवेत स्थित दुतावासमा निवेदन दिने एक सय भन्दा माथीको संख्यामा रहेकाेे ईराकमा रहेका काभ्रेपलान्चोक जिल्ला पांंचखाल नगरपालिका, अनेेेेेेेकाेट १ रहर सिंं तामाङले जानकारि दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal