इनर्जी ड्रिंक वाओको ब्रान्ड एम्बास्डरमा पार्कर दिनेश

इनर्जी ड्रिंक वाओको ब्रान्ड एम्बास्डरमा पार्कर दिनेश

काठमाडौं / ४ पटक बिश्वो कर्तिमान राख्न सफल अन्तर्रास्ट्रिय पार्कर खेलाडी दिनेश सुनार नेपालको पहिलो इनर्जी ड्रिंक वाओको ब्रान्ड एम्बास्डरमा नियुक्ति भएका छन्  

क्वालिटी थाई फुड्स प्रा .लि. का नेशनल म्यानेजर भरत पौडेलले पार्कर दिनेशलाइ १ बर्षको लागि कम्पनीको उत्पादन वाओ इनर्जी ड्रिङ्क्सको लागि ब्रान्ड एम्बास्डर अनुबन्दित गरेको जानकारी दिएका छन्। पौडेलका अनुसार यो इनर्जी ड्रिङ्क्स नेपालको पहिलो इनर्जी ड्रिङ्क्स हो। य
स अघि क्यालिबर सुज, माउन्टेन डिउ, डीआरएन इलेक्ट्रोनिक्सजस्ता बरण्डका लागि ब्रान्ड एम्बास्डर बनिसकेका पार्कर दिनेश क्वालिटी थाई फुड्स प्रा.लि.को उत्पादन नेपालको पहिलो इनर्जी ड्रिङ्क्स वाओ इनर्जी ड्रिङ्क्सको ब्रान्ड एम्बास्डरको रूपमा आफुलाई विश्वास गरेकोमा आफु धेरै खुशी भएको पनि बताएका छन्।

अहिले उक्त ब्रान्डको टिभिसि शूट भई सकेको र छिट्टै वाओ इनर्जी ड्रिङ्क्सको बिज्ञापन प्रशारणमा आउने पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal