निकटतम प्रतिस्पर्धीको सालिक बनाउँदै मेयर खरेल

निकटतम प्रतिस्पर्धीको सालिक बनाउँदै मेयर खरेल

पाँचखाल÷ पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफ्नु प्रतिस्पर्धी नेताको सम्मान स्वरुप सालिक निर्माणको शिलन्यास गर्नुभएको छ । आफु सँग चुनाव उठेर पराजित हुनुभएको व्यक्तिको सम्मान गर्दै स्व. रुद्र बाँनियाको सालिक बनाउन नगरपालिकाबाट पहल गर्दै बाटिकाको समेत शिलन्यास गर्नुभएको हो ।
पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्लेमा स्व. वाँनियाको अर्धकदको सालिक स्थापना गर्न शिलन्यास गर्दै पाँचखाल नगरपालिाकाक प्रमुख खरेलले स्व.रुद्र वहादुर वानियाँ र स्व. वलराम सापकोटा व्यक्ति नभई ईतिहास भएकोले उहाँहरुले समाजमा पु¥याएको योगदानको उच्च कदर गर्न सालिकको स्थापना गरेको बताउनुभयो । उहाँले समाजमा राम्रा कार्य गर्ने सामाजिक व्यक्तित्वहरुको संधै सम्मान साथै अमर रहने सन्देश शालिकले दिने हुँदा नयाँ पिडिहरुले पनि अमरत्वको लागि सकारात्मक निष्पक्ष कार्यमा लाग्न प्रेरणा मिल्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा काभ्रेका सदस्य मणि गौतमले रुद्रवहादुरले देखाएको सत्मार्गलाई नविराईकन उहाँको अधुरो सपना पुरा गर्ने कार्यमा सबै लाग्नुपर्ने बताउनुभयो । पाँचखाल वडा नं ६ का अध्यक्ष रामशरण दुलालले शालिक निर्माण कार्यमा सघाउने स्थानियहरु साथै मेयर खरेल प्रति आभार व्यक्त गर्नुभयो । अध्यक्ष दुलालले समाजमा राम्रो कार्य गर्दा अमरत्व प्राप्त गर्ने उदाहरण वानियाँ र सापकोटाबाट भएको र राम्रा कार्य गर्नेको समाजले उच्च मुल्यांकन गर्ने भएकोले सबै राम्रो काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

निर्माण समितिका अध्यक्ष बरुण ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पाँचखाल नगरका उप—प्रमुख लक्ष्मी दनुवार, नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत लोक वहादुर भण्डारी, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, विद्युत प्राधिकरण पाँचखाल शाखाका प्रमुख मेघनाथ ढकाल, स्वर्गिय रुद्रवहादुरका बुवा हेमवहादुर वानियाँ लगाएतका परिवारका सदस्यहरु, कार्यपालिकका सदस्यहरु, जनप्रतीनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
पाँचखाल नगरले रुद्र वहादुरको साथै बलराम सापकोटाको समेत सालिक निर्माणको लागि बजेट विनियोजन गरेको थियो । दुबै शालिक निर्माण गर्ने कार्य सुरु भएको छ, दुवै शालिकको एकै पटक अनावरण गर्ने तयारी गरिएको पाँचखाल नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal