टिकटकको प्रमुख कार्यकारी मेयरको राजिनामा

टिकटकको प्रमुख कार्यकारी मेयरको राजिनामा

भदौ ११ । अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले टिकटक भिडियो सेरिङ्ग एप्लिकेशनका संस्थापक चिनियाँ कम्पनी बाइटडान्स र म्यासेजिङ्ग एप्लिकेशन विच्याटमाथि प्रतिबन्ध लगाउने चेतावती दिए लगत्तै टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजिनामा दिनुभएको छ ।


गत अगष्ट महिनाको ६ तारिखमा राष्ट्रपति ट्रम्पले टिकटकको संस्थापक कम्पनीमाथि अमेरिकामा प्रतिबन्ध लगाउन एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभउको थियो । जसकारण अमेरिकामा टिकटकलाई स्पष्टीकरणका लागि ४५ दिनको समय तोकेका थियो ।


ट्रम्पको उक्त आदेशविरुद्ध अर्काे एप्लिकेशन विच्याटले भने अदालती मुद्दामा गएर चुनौती दिने बताएका छन् भने यता टिकटकका संस्थापक यिमिङ झाङले विवादित विषयलाई सुल्झाउने प्रयास जारी रहेको र भारत तथा अमेरिकामा आफ्नो कम्पनीमाथि समस्या खडा भएको स्विकार गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal