पूर्व राज्यमन्त्रीमा कोरोना पुष्टी

पूर्व राज्यमन्त्रीमा कोरोना पुष्टी

भदौ ११, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाबाट पूर्व राज्यमन्त्री भएका ५३ वर्षीय व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ भने उहाँ गत तीनदिन देखि आइसियुमा उपचाररत हुनुहुन्छ ।

भदौ १० गते टेकु स्थित प्रयोगशालमा गरिएको परिक्षणमा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । विभिन्न रोगको उपचार गराई आराम गराई रहनु भएका उहाँको अवस्था सामान्य हुँदै गएको परिवारका सदस्यले जानकारी दिएका छन् । जिल्लामा हालसम्म १ सय ७४ जनामा संक्रमण पुष्टी भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal