सज्जा चौंलागाई बनिन् तेस्रो नेपाल आइडल

सज्जा चौंलागाई बनिन् तेस्रो नेपाल आइडल

१२ भाद्र, काठमाडौं । अन्तर्राष्ट्रिय फ्रेन्चाइचको कार्यक्रम नेपाल आइडलको तेस्रो सिजनको विजेता सज्जा चौंलागाईं हुनुभएको छ ।


प्रविण भेडवाल फस्ट रनरअप र किरण कुमार भुजेल सेकेण्ड रनरअप भएका छन् । सुरेश पौडेल, लोकेश बज्राचार्य र एलिन श्रेष्ठद्धारा निर्देशित उक्त कार्यक्रम २०७६ पुस ३ गतेबाट अडिसन राउण्ड हुँदै प्रशारण सुरु भएको थियो । नेपाल आइडलको तीनै संस्करणमा निर्णायकको भूमिकामा वरिष्ठ संगीतकार न्ह्युँ बज्राचार्य, गायिका इन्दिरा जोशी र संगीतकार तथा रचनाकार कालीप्रसाद बास्कोटा रहनुभएको छ । यससँगै विजेता नगद रु. २० लाख र एउटा एल्बम तथा १५ लाख बराबरको कन्ट्रयाक्ट पाउनुहुनेछ ।


यसअघिको सिजन एक र दुईका विजेता क्रमशः बुद्ध लामा र रवि ओड रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal