‘सांईली’ ले धाेका दिईन कि उनकाे बाध्यता हाे ? (भिडियाे)

‘सांईली’ ले धाेका दिईन कि उनकाे बाध्यता हाे ? (भिडियाे)

काठमाडौं / सांईली यानेकि आयुष्माले धाेका दिएपछि सराेज अप्ठेराेमा परेका छन् । बालखकाल संगै हुर्केका उनिहरुकाे स्कुल, कलेज पढ्ने समयमा मायाकाे मुना पलाउंछ तर सफल हुन पाउंदैन सांइलीले अन्तै विवाह गर्छिन । सराेज संगकाे माया हुंदा हुँदै पनि अर्काे संग विवाह गर्नु याे कस्ताे विडम्बना । मेलामा सांइली आकि छ तर सराेजकाे जाने मुड नहुंदा नहुंदै साथि भक्तेकाे करकापमा मेलामा पुग्छ र दाेहाेरि सुरु हुन्छ । दाेहाेरि सकिन लाग्दै गर्दा विचरा सराेजले मायाले लगाईदेकाे आैठि साईलीले फिर्ता गरेपछि सराेजले मन दुखाउंछ ।

माथिकाे कथा भर्खरै किरण गाैतमले नयाँ निकालेका लाेक दाेहाेरि गीत ‘सांईली’ काे हाे ।

आजभाेली मन रुवाउने कथामा खप्पिस भएका छन् । निर्देशक प्रभावन जे । उनका निर्देशनमा बनेका प्राय जसाे भिडियाेहरु हेर्दा दर्शकलाई एक पटक रुवाई हाल्छन् । यस्तै गरेका छन् साईलीमा पनि ।

डिएआर मुभिजकाे अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएकाे गीतकाे शब्द तथा संगीत स्वंम किरण गाैतम, स्वर किरण गाैतम र स्मृति गाैतमकाे रहेकाे छ भने पार्शव स्वरमा कुमार सानु पुन, सावित्री नेपाली र बिशाषा गिरिले साथ दिएका छन् । शंकरा डिजिटल स्टुडियाेमा रेकर्ड गरिएकाे गीतकाे मिक्सिङ/मास्टरिङ कुमार सानू पुनकाे रहेकाे छ ।

गीतकाे भिडियाे मा सराेज दाहाल, आयुष्मा कार्कि, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, अजय खत्री, कुशल महत, रेनुका हुमागाई र सुस्मा सुन्दास काे अभिनय रहेकाे छ ।

भिडियाेकाे निर्देशन प्रभावन जे, छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, सहायक निर्देशन नवीन भट्ट, कास्टिङ डिरेक्टर राजाराम गाैतम,  उत्पादन नियन्त्रक श्याम धिताल, व्यवस्थापक विवेक चाैलागाई, सम्पादन/कलर डिनसन शाह र श्रृगार अनिता ग्वाछाकाे रहेकाे छ ।

भिडियाे हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal