आफ्नो पहिलो गीत ‘नाचु नाचु’ मा मोडलिङमा देखिन गायिका शशिकला

आफ्नो पहिलो गीत ‘नाचु नाचु’ मा मोडलिङमा देखिन गायिका शशिकला

काठमाण्डौ । नव गायिका शशीकला स्याङ्तानको ‘नाचु नाचु’ लाग्यो बजारमा आएको छ । उक्त गीतलाई जिग्मे मिडियाबाट बजारमा ल्याइएको हो । पहिलो गीतबाट नै बजारमा राम्रो चर्चा पाउँदै गरेको उक्त गीतलाई धेरै जनाले राम्रो प्रतिकृया दिएका छन ।

‘मेरो पहिलो गीतमा मेरो आफ्नै अभिनय समेटिएको छ । सबै जनाले मन पराउनुहुनेछ भन्ने पूर्ण आशा छ ।’ नव गायिका स्याङ्तानले बताइन ।

चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङद्धारा रचित एंव संगीतबद्ध उक्त गीतलाई फनिन्द्र राईले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।

आशमान लोप्चनले निर्देशन र सम्पादन गरेको भिडियोलाई ड्रोन, छायांकन र कलर सुर्य लामाले गरेका हुन भने शुशिल लामाले कोरियोग्राफ गरेका हुन ।

भिडियोमा निर्देशक एंव चर्चित मोडल अभी लामा, सुस्मिता तामाङ र उनै नव गायिका शशीकला स्याङ्तानलको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal