क्यानले माग्यो मुख्य प्रशिक्षक

क्यानले माग्यो मुख्य प्रशिक्षक

काठमाडौँ / लामो समयदेखि खाली रहेको नेपाली क्रिकेट टोलीका लागि मुख्य प्रशिक्षक माग गरेको छ ।
उमेश पटवालले राजिनामा दिएपछि खाली रहेको उक्त पदका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बिहिबार सूचना प्रकाशित गर्दै मुख्य प्रशिक्षक माग गरेको हो । क्यानले सातै प्रदेशका लागि समेत १/१ जना प्रशिक्षक दरखास्त समेत आह्वान गरिएको छ । उमेश पटवालको राजिनामा पश्चात क्यानले मुख्य प्रशिक्षकको रुपमा जगत टमाटालाई तत्कालका लागि पदभार सम्हाल्न दिएका थिए । यसैगरी, क्यानको प्रकाशित सूचनाअनुसार क्यानले प्रमुख व्यवस्थापक, प्रमुख वित्तीय व्यवस्थापक र व्यवस्थापकका लागि पनि पद खाली रहेकोले दरखास्त आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal