जेठाजुद्वारा बुहारीको हत्या

नमोबुद्ध । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ स्थित डराउनेपोखरीमा आफ्नै जेठाजुद्वारा बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरी चौकी श्यामपाटीले जानकारी दिएको छ ।
बिहिबार बिहान ३५ वर्षीय बुहारी रञ्जना अधिकारीलाई उनकै जेठाजु सुदर्शन अधिकारीले बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । बञ्चरो प्रहार गर्ने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीयका अनुसार मृतकको दाम्पत्य जीवनमा सामान्य खटपट पर्दै आएको थियो । मृतक रञ्जना डराउनेपोखरीको एक स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएकी थिइन् । हत्या आरोपी सुदर्शन अधिकारी लकडाउन अघि भारतबाट फर्कीआएर घरमै बस्दै आएको र घरायसी विवादका कारण हत्या भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो । उनका अनुसार थप अनुसन्धानका लागि हत्या आरोपीलाई पक्राउ गरी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal