दसैंका लागि नयाँ नोट सिमित मात्रामा बाँड्ने

दसैंका लागि नयाँ नोट सिमित मात्रामा बाँड्ने

काठमाडौं । पहिलेका वर्षहरूमा झैं यसवर्षको दसैंमा नयाँ नोट वितरणमा तामझाम नगरी फाट्टफुट्ट सिमित मात्रामा बाँड्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विश्वव्यापी कोरोना कहरको कारण नेपाल राष्ट्र बैंकले दिएको निर्देशन ‘सकेसम्म डिजिटल कारोबार गर्नू’ लाई नै दसैंमा पनि निरन्तरता दिन आवश्यक रहेको बैंकले जनाएको छ भने यस विषयमा असोजभरमा आवश्यक निर्णय लिइने समेत बताइएको छ ।

विगतमा व्यवस्थित तरिकाले विभिन्न ठाउँमा ठूलै भीडभाडका साथ नयाँ नोट बाँड्ने गरेको नेपाल राष्ट्र बैङ्कले पनि यसपालि नयाँ नोट वितरणलाई साँघुरो बनाउने भएको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार एक सय, पचास, पाँच सय र एक हजार रुपियाँका नयाँ नोट आइसकेका छन् । आगामी असोज १५ सम्म पाँच, दस र बीसका नोट आउने प्रक्रियामा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal