रातो मच्छिन्द्रनाथको रथ तान्दा प्रहरीको अश्रुग्याँस र पानीको फोहोरा

रातो मच्छिन्द्रनाथको रथ तान्दा प्रहरीको अश्रुग्याँस र पानीको फोहोरा

ललितपुर । कोरोना कहर र उपत्यकामा लगाइएको निषेधाज्ञाको अवस्थामा पनि स्थानिय युवा र गुटियारहरूले राति मच्छिन्द्रनाथको रथ तान्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहोराले भीड तितरवितर बनाएको छ ।
कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानेपछि प्रहरीले हस्तक्षेप गरेको हो। रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुपमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।  
स्थानीय प्रशासन र गुठी संस्थानले कोरोना कहरका कारण रथ तान्ने काम रोक्न निर्देशन दिएका छन् । तर असोज २ गतेदेखि सुरुहुने मलमास अगाडी नै रथलाई बुङ्गमती पुर्‍याइ सक्नुपर्ने चलन रहेको भन्दै रथ तान्ने प्रयास गरेका हुन् । 

पटपटक रथ तान्ने मिति तोकेपनि कोरोना जोखिम कम नभएका कारण सुरु हुन सकेको थिएन । चैत २७ गतेदेखि रथ निर्माण सुरु हुनुपर्नेमा लकडाउनका कारण असार १० गतेदेखि मात्रै निर्माण सुरु भएको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal