ललितपुरमा शुक्रबार कर्फ्यु

ललितपुरमा शुक्रबार कर्फ्यु

काठमाडौं । बिहिबार स्थानीयवासी र प्रहरी बीच झडपको अवस्था भएपछि जिल्ला प्रशासन कार्यालय, ललितपुरले शुक्रबार कर्फ्यु आदेश जारी गरेको छ ।


शुक्रबार बिहान ४ बजेदेखि राती १० बजेसम्म चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश दिएको हो । बिहिबार रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बीच झडप भएको थियो । कोरोना संक्रमणको बढ्दो संख्यालाई ध्यानमा राखी सुरक्षास्थितिलाई हेरेर कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी ललितपुरका नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । कर्फ्यु आदेश गरेको समयभित्र उक्त क्षेत्रमा आवतजावत गर्न, भेला जुलुस गर्न निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal