काटिएको टाउको बोकेर हत्यारा प्रहरी चौकी पुगेपछि

काटिएको टाउको बोकेर हत्यारा प्रहरी चौकी पुगेपछि

धादिङ । शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा एकजना युवा काटिएको टाउको बोकेर आएपछि प्रहरीकै होसहवास उडेको छ ।


बिहान करीब १ बजे उक्त व्यक्ति आएको उक्त व्यक्तिले झोलाबाट एक वृद्धको टाउको झिकेर देखाएपछि प्रहरी आफै अचम्ममा परेका हुन् ।


२३ वर्षीय युवक राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरीे टाउको र हत्यामा प्रयोग भएको खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्णका लागि आएको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनु भयो ।


आत्मसमर्पण गरेका युवाका अनुसार गएराति सोमबहादुर गुरुङसँग बाटोमा भेट भएको उनले गुरुङलाई ‘यति राति कहाँ जान हिँडेको ?’ भनी सोध्दा गुरुङले ‘तेरो श्रीमती भेट्न जान लाको’ भनेपछि सामान्य विवादबाट हत्यासम्म गरेको बयान दिएका छन् ।


प्रहरीले घटनास्थलको अवलोकन गरी शवलाई पोस्टमार्टमका लागि धादिङवेशी पठाइएको घटनास्थल पुगेका प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal