काभ्रे स्वास्थ्य चौकीको सम्पूर्ण सेवा बन्द

काभ्रे स्वास्थ्य चौकीको सम्पूर्ण सेवा बन्द

काभ्रेपलाञ्चोक, भदौ १९  । धुलिखेल नगरपालिका वडा नं. ९ स्थित काभ्रेभञ्ज्याङ्गमा रहेको काभ्रे स्वास्थ्य चौकीले सम्पूर्ण सेवा बन्द गरेको छ ।
स्वास्थ्य चौकीको एक कर्मचारीमा कोरोना संक्रमण देखिएकोले स्वास्थ्य चौकीको सम्पूर्ण सेवा बन्द गरेको धुलिखेल नगरपालिकाका स्वास्थ्य प्रमुख सन्दीप के.सी.ले जानकारी दिनुभयो ।
समुदायमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य चौकीको सेवा बन्द गर्नुपरेको बताउनुहुँदै प्रमुख के.सी. ले कोरोना संक्रमणबाट बच्न बेला बेला हात धुन, स्यानिटाइजरको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न समेत सुझाव दिनुभयो । हाल संक्रमित कर्मचारीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
आज मात्र काभ्रेपलाञ्चोक जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । धुलिखेलमा २, नमोबुद्ध १, पाँचाखालमा १ र रोशीमा १ जनामा संक्रमण देखिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal