‘पब्जी’को नशा मेट्न ‘फौजी’को निर्माण

‘पब्जी’को नशा मेट्न ‘फौजी’को निर्माण

चीन र भारतबीचको बढ्दो तनावका कारण भारतले चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएसँगै भारतले ‘फौजी’ नामक अनलाईन एक्सन गेम निर्माण गर्ने भएको छ ।


‘पब्जी’ प्रयोगकर्ता मध्ये २४ प्रतिशत भारतीय रहेका छन् भने उक्त २४ प्रतिशत भारतीयहरुको ‘पब्जी’ प्रतिको नशा अब ‘फौजी’ले मेट्ने बताइएको छ । केहीदिन अघि भारतले ‘पब्जी’ सहित १ सय १८ चिनियाँ एपहरुमा लगाएको प्रतिबन्धपछि भारतको आत्मनिर्भर अभियानलाई सहयोग गर्न ‘फौजी’ नामक अनलाईन गेमिङ्ग ल्याउन लागिएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी दिनुभयो । ‘फियरलेस एन्ड युनाइटेड–गार्डस्’ नाम दिइएको ‘फौजी’ खेलको प्रबद्र्धन अभिनेता अक्षय कुमारले गर्ने भएको छ ।


‘फौजी’ खेलबाट प्रयोगकर्ताले भारतीय सैनिकहरुको बलिदानीबारे थाहा पाउने र गेमको राजस्वको २० प्रतिशत रकम मृतक सैनिकका परिवारलाई सहयोग गर्न गृह मन्त्रालयद्वारा गठन गरिएको ‘भारत के वीर ट्रष्ट’मा खर्चिने अभिनेता अक्षय कुमारले बताउनुभयो । उक्त खेलको बैंग्लोरस्थित एनकोर गेम्सले निर्माण गर्दैछ । ‘पब्जी’ टेन्सेन्ट कम्पनीले निर्माण गरेको हो भने त्यसमा चीनको १० प्रतिशत लगानी रहेको छ । यसभन्दा अघि भारतले ‘वि च्याट’ म्यासेजिङ्ग एम र भिडियो निर्माण गर्ने ‘टिकटक’लाई प्रतिबन्ध गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal