मलको ठेक्का कम्पनीको ५ करोड धरौटी जफत हुने

मलको ठेक्का कम्पनीको ५ करोड धरौटी जफत हुने

काठमाडौं, २१ भदौ । गत पुस महिनामै वर्षायामको लागि मल आपूर्ति गर्ने भनी ठेक्का लिएका दुई कम्पनीको ५/५ करोड रुपैयाँ धरौटी रकम जफत गर्ने कृषि सामग्री संस्थानले जनाएको छ ।


भदौ महिना लाग्दासम्म पनि किसानहरुलाई मल आपूर्ति गर्न नसकेको भन्दै कृषि मन्त्रालयले शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने भएको छ । शैलुङ कस्ट्रक्सनका शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष प्रचण्डका घरबेटी हुन् र अर्काे होविको मल्टीपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिँदै आएको छ । उनीहरुले मल आपूर्ति गर्नुपर्ने अन्तिम डेटलाइन सकिइसकेको तर अहिलेसम्म आपूर्ति गर्न नसकेका कारण दुबै कम्पनीलाई कारवाही गर्न लागिएको मन्त्रालय स्रोतले जनाएको छ ।


सहकारी मार्फत वितरण हुँदै आएको मलमा पनि सिन्डिकेट प्रणाली हाबी भएकोले अब स्थानीय तहबाटै सिधै कृषकमाझ मल आपूर्ति गने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । ठेकेदार कम्पनीलाई कारवाही र सहकारीको सिन्डिकेट तोडेपछि मलमा हुने चलखेल समाप्त हुने विश्वास लिएको मन्त्रालयको दाबी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal