टस जितेर पहिले ब्याटिङ्ग गर्दै अष्ट्रेलिया

टस जितेर पहिले ब्याटिङ्ग गर्दै अष्ट्रेलिया

पहिलो टीट्वान्टी क्रीकेट खेलमा २ रनले पराजित भएको अष्ट्रेलियाले आज टस जितेर ब्याटिङ्ग गर्दैछ ।

इङ्गल्याण्ड भ्रमणमा रहेको अष्ट्रेलियाले पहिलो खेल मात्र २ रनले पराजय भोग्नुपरेको थियो । पहिलो टीट्वाण्टी खेलमा इङ्गल्याण्डले  पहिले ब्याटिङ्ग गर्दै ७ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । सो खेलमा १६३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १६० बनाउन सकेको थियो ।

यो सँगै इङ्गल्याण्ड इयान मोर्गनको कप्तानी धेरै समयपछि जित हात पारेको हो । आजको खेलमा पहिलो खेल खेलेका कुनै पनि खेलाडी परीवर्तन गरिएको छैन । अष्ट्रेलियाको लागि एरोन फिन्चले कप्तानी सम्हालेका छन् ।

दोस्रो टीट्वान्टी खेल अहिले भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal