रासस सेवाग्राही प्रमुख राजाराम कार्कीमाथी आक्रमण

रासस सेवाग्राही प्रमुख राजाराम कार्कीमाथी आक्रमण

काभ्रेपलान्चोक / नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघका सदस्य, राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता तथा रासस सेवाग्राही प्रमुख राजाराम कार्कीमाथी आक्रमण भएको छ ।

उहाँलाई सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर निवासी नेपाल प्रहरी स्कुल साँगामा नेपाली विषय शिक्षकका रुपमा कार्यरत उद्धव कार्कीले विहान ९ बजेको समयमा बनेपा नगरपालिका अगाडी बसपार्क छेउमा आक्रमण गरेका थिए ।

चामुण्डा हार्डवयरमा घरायसी प्रयोजनका लागि सामाग्री किनिरहेको अवस्थामा एक्कासी पछाडीबाट लछारपछार गरी हेलमेटले प्रहार गरी टाउकै टाउकोमा हानेर गम्भिर घाईते बनाएको पत्रकार कार्कीले जानकारी गराउनुभयो । कार्कीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले जानकारी दिनुभए अनुसार कार्कीको टाउकोको सिटिस्क्यान भैरहेको जानकारी दिनुभयो ।

पत्रकार कार्की माथी आक्रमण गर्ने उद्धवलाई कानुनी कार्बाहीको माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे, नेपाल प्रेस युनियन काभ्रे तथा नेपाल ट्रेड युनियन काभ्रेले छुट्टा छुट्टै विज्ञप्ती निकालेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal