१५८ रनको लक्ष्य पछ्याउँदै इङ्गल्याण्ड

१५८ रनको लक्ष्य पछ्याउँदै इङ्गल्याण्ड

भदौ २१ / इङ्गल्याण्ड भ्रमणमा रहेको अष्ट्रेलियाले दोस्रो टीट्वाण्टी क्रीकेटमा इङ्गल्याण्डलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ७ विकेटको क्षतिमा १५७ रन बनाएको हो । अष्ट्रेलियाको लागि कप्तान एरोन फिन्चले सर्वाधिक ४० रनको योगदान दिएका छ्न् । उनले ३३ बलमा २ छक्का र ४ चौका प्रहार गरेका थिए ।

खेलको तेस्रो बलमा शून्य रनमा डेभिड वार्नरको विकेट गुमाएको अष्ट्रेलियाले ३ रन जोड्दा दोस्रो विकेटको रूपमा विकेटकिपर क्यारीलाई गुमाएको थियो । अष्ट्रेलियाको लागि स्टोनिसले ३५, ग्लेन म्याक्सवेलले २५, अगरले २३, क्युमिन्सले १३, स्टिभ स्मिथले १० र मिचेल स्टार्कले २ रनको योगदान दिएका छन् ।

त्यस्तै इङल्याण्डका लागि जोर्डनले २ विकेट तथा आर्चर, वूड र रसिदले १/१ विकेट हात पारेका छन् । इङ्गल्याण्डले केही समयपछि ब्याटिङ्ग गर्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal