६ विकेटको जित हात पार्दै इङ्गल्याण्डद्वारा सिरिज कब्जा

६ विकेटको जित हात पार्दै इङ्गल्याण्डद्वारा सिरिज कब्जा

२१ भदौ । इङ्गल्याण्ड भ्रमणमा रहेको टोली अष्ट्रेलियालाई दोस्रो टीट्वान्टी क्रिकेट खेलमा ६ विकेटको फराकिलो जित हात पार्दै सिरिजमाथि कब्जा जमाएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य लिएर ब्याटिङ्गमा उत्रिएको इङ्गल्याण्डले मात्र १८ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । जितसँगै ३ खेलको टीट्वान्टी सिरिजमा इङ्गल्याण्डले २–१ जित हात पारेको छ ।

इङ्गल्याण्डको जितको लागि जोश बट्लरले २ छक्का र ८ चौकाको मद्दतले अविजित ७७ रनको योगदान दिएका छन् । त्यस्तै, डेविन मलानले ७ चौकाको मद्दतमा ४२ रन बनाएका छन् भने मोहब्बद अलीले १३, जोनी स्ट्वोले ९, कप्तान इयान मोर्गनले ७ र टम ब्यान्टनले २ रन बनाएका छन् । अष्ट्रेलियाको लागि एस्टन एगरले २ तथा मिचेल स्टार्क र एडम जाम्पाले १/१ विकेट लिएका छन् ।

यसअघि अष्ट्रेलियाको तर्फबाट कप्तान एरोन फिन्चले ४०, मार्कस स्टोनिसले ३५, ग्लेन म्याक्सवेलले २६ र एस्टन एगरले २३ रनको योगदान दिएका थिए भने इङ्गल्याण्डको तर्फबाट क्रिस जोर्डनले २ तथा जोफ्रा आर्चर, मार्क उड र अडिल रसिदले १/१ विकेट लिएका थिए । आगामी तेस्रो खेल सेप्टेम्बर ८ तारिखमा हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal