काभ्रेमा सोमबार दुई युवतीले गरिन् आत्महत्या

काभ्रेमा सोमबार दुई युवतीले गरिन् आत्महत्या

भदौ २२, काभ्रेपलाञ्चोक । सोमबार काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा दुई युवतीहरुले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ ।

धुलिखेल वडा नं. ४ मा २४ वर्षीय अनिता बडालले घरको भुइँतल्लाको कोठाको झ्यालमा सलको पासो लगाएर र सोही स्थानमा बस्ने १७ वर्षीय इशा अच्छामीले विषादी सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ ।

काठमाडौंमा बिएस्सी नर्सिङ अध्ययन गर्दै आएकी बडालका बुबाआमा गतवर्ष अष्ट्रेलिया गएपछि दिदी सुमित्रा बडाल र भिनाजु पुष्पराज नेपालसँग बस्दै आएकी थिइन् । दुवै युवतीले आत्महत्या गर्नुको कारण खुल्न नसकेको र मृतकहरुको शव पोष्टमार्टमका लागि बनेपाको शीर मेमोरियल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal