मेयरलाई ज्यान मार्ने धम्की दिने प्रहरी फन्दामा

मेयरलाई ज्यान मार्ने धम्की दिने प्रहरी फन्दामा

भदौ २२, ललितपुर । ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा एक टेलिभिजनमा सार्वजनिक रुपमा ललितपुर महानगरपालिकाका नगरप्रमुखको ज्यान लिने धम्की दिएका व्यक्तिलाईा प्रहरीले पक्राउ गरेको छ।

बिहिबार पुल्चोकमा भएको घटनामा ढुंगामुढा गर्ने, भीडलाई उत्तेजिता बनाउने र मेयरलाई ज्यान मार्ने धम्की समेत सार्वजनिक रुपमा दिने ललितपुर महानगरपालिका वडा नं. १३ कुसुन्ती निवासी ४५ वर्षीय सञ्जय शाक्यलाई प्रहरीले पक्राउ गरेको हो ।

महाशाखाबाट खटिएको प्रहरी टोलीले शाक्यलाई उनकै घरबाट पक्राउ गरेको र थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal