पाँचखाल ब्यारेकको ५ जना सेनामा कोरोना संक्रमण पुष्टी

पाँचखाल ब्यारेकको ५ जना सेनामा कोरोना संक्रमण पुष्टी

भदौ २२, पाँचखाल । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिकामा रहेको आर्मी ब्यारेकमा ५ जना सेनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

काभ्रे जिल्लामा यससँगै ३२४ जनामा संक्रमण पुष्टी भएको छ भने हालसम्म १५३ जना निको भएर घर फर्किएका छन् । कोरोनाको कारण ३ पुरूष र १ महिला सहित ४ जनाको ज्यान गएको छ भने ती मध्ये २ जना पुरूष बाहिरी जिल्लाको रहेको स्वास्थ्य कार्यालय, काभ्रेले जनाएको छ ।

हालको अवस्थामा जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १६९ पुगेको छ । १३२ जना अस्पताल आइसोलेसनमा छन भने २६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal