शिखा मिडियाकाे गायन प्रतियाेगिता घाेषणा

शिखा मिडियाकाे गायन प्रतियाेगिता घाेषणा

नवलपरासी । बिगत केही बर्ष देखि नेपाली कला संगीतको क्षेत्रमा विभिन्न चलचित्र, सर्ट फिल्म, टेलि श्रृङखला तथा म्युजिक भिडियो निर्माण गरिरहेको शिखा मिडिया प्रा.लि. ले नयाँ प्रतिभा खोजी अभियान सुरु गरेको छ ।

मनोरञ्जनको साथै नयाँ प्रतिभालाई हौसला प्रदान गर्ने उद्देश्यका साथ अनलाइन गायन प्रतियोगिता आयोजनाकाे घाेषणा गरेकाे छ । कार्तिक १ बाट प्रतियाेगिता सुरु हुने शिखा मिडिया प्रा.लि का अध्ययक्ष विमल भट्टराईले जानकारी दीए ।

प्रतियाेगिताकाे सम्पुर्ण जानकारि शिखा मिडिया प्रा.लि.को फेसबुक पेज दर्पन स्टार (Darpan Star) साथै दर्पन टिभि नेपाल युटुब च्यानल (Darpan TV Nepal) मार्फत जानकारि गराईने छ ।

प्रतियाेगिले कम्तीमा २ मिनेट सम्मको गायन भिडियो खिचेर इमेल Darpanstar2077@gmail.com मार्फत पठानुपर्ने छ ।

प्रतियाेगिलाई ध्यानमा राखि आयाेजकले सिधै फोन वा पेजमा मेसेज गरी सहयोग लिन सक्ने प्रा.लि ले जनाएको छ । विजयि प्रतियोगिले नगद तथा शिल्ड लगायत आकर्षक उपहार र अवसर प्रदान गरिने आयाेजकले जनाएकाे छ । पुरस्कारको घाेषणा कार्तिक १ गतेे गरिने आयाेजकले जनाएकाे छ ।

प्रतियाेतालाई पाँच चरणमा संचालन गरिने छ । पहिलो चरणमा अपलोड हुने भिडियो जज आधारलाई पचास प्रतिशत र भिडियोमा प्राप्त भ्युज पचास प्रतिशतको रहने छ । प्रतियोगिता सुरु भएको २ महिनामा पहिलो चरणको घोषणा गरिने आयाेजकले जनाएकाेे छ । थप जानकारीको लागि ९८६७०००२६९ वा ९८५७०४६५६९ मा सम्पर्क गर्न सकीने छ ।

नाम दर्ता गर्नको लागि तल किलिक गर्नु होला ।
https://docs.google.com/forms/d/e/1FAIpQLSdH6iWWt74uaw-JU0oCMV21ozHKjQbSHmvrDtzOwUpLqFt1Uw/viewform?usp=sf_link

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal