सन्दिपको टिम जमैकाको फराकिलो पराजय, नाइट राइडर्स फाइनलमा

सन्दिपको टिम जमैकाको फराकिलो पराजय, नाइट राइडर्स फाइनलमा

एजेन्सी

आज भएको पहिलो सेमिफाइनल खेलमा नाइट राइडर्सले नेपाली क्रिकेटर सन्दिप लामिछाने आबद्ध रहेको टिम जमैका तल्लावासलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिले फिल्डिङ्ग गरेको नाइट राइडर्सले निर्धारित २० ओभरमा मात्र १५ ओभरमा १ विकेटको क्षतिमा १०८ रनको विजयलक्ष्य हासिल गरेको हो । लेन्डी सिमोनले अर्धशतकीय पारी खेल्दै ४४ बलमा अविजित ५४ रन र टोइन वेब्स्टरले ४३ बलमा अविजित ४४ रनको योगदान दिएका छन् । त्यस्तै, सुनिल नारिनले ४ रनको योगदान दिएका छन् ।

जमैकाका लागि एकमात्र विकेट मुजिबले लिएका थिए । नेपाली क्रिकेटर सन्दिप लामिछानेले आज कुनै पनि विकेट हात पार्न सकेनन् ।

त्यस्तै, टस हारेर पहिले ब्याटिङ गरेको जमैका तल्लावासका लागि नुरम बोनरले ४१, रोभम्यान पावेलले ३३ र कार्लाेस ब्राथवेटले १३ रनको योगदान दिएका थिए । नाइट राइडर्सका अकिल होस्सेनले ३, केरि पिर्रेले २ तथा सुनिल नारिन र फवाड अहमदले १–१ विकेट लिएका थिए ।

सेमिफाइनल अन्तर्गत आजै हुने दोस्रो खेलमा गुयाना वारियर्स र सेन्ट लुसिया ज्वक्स भिड्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal