के बिपी विचार समाज पनाैती अबकाे विकल्प हाे र ?

के बिपी विचार समाज पनाैती अबकाे विकल्प हाे र ?

काभ्रेपलान्चोक / नेपाली कांग्रेस गुट उपगुटमा चर्का चर्कि बहसमा आाईरहेका घटना एकपछि अर्काे सामाजिक संजालमा आईरहंदा बिपी समाज पनाैती भने निरन्तर आफ्ना कृयाकलापहरु अगाडि बढाईरहेकाे छ ।

यसकाे पछिल्लाे उदाहरण हाे गत बुधबार रहेकाे १०७ औं बिपी जयन्ति पनि बिपी समाज पनाैतीले मात्र आैपचारिक कार्यक्रमनै राखेर सम्झेकाे छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता तिर्थपसखलले सम्बाेधन गरेका थिए । उनले बिपीकाे मेलमिलाप निती सबैमाझ लाेकपृय छ । तर पछिल्लाे समयकाे काभ्रे कांग्रेसकाे अवस्था दुश्मनीतिर गएकाेमा आफू दु:खीत भएकाे भन्दै नेपाली कांग्रेस काभ्रेले गर्नुपर्ने काम बिपी समाज पनाैतिले गरेकाेमा धन्यवाद दिए ।

बिपी समाज पनाैतीले आफ्नाे स्थापनाकालकाे केही महिनाकाे बिचमा श्रावण ६ गते  डा. मिनेन्द्र रिजालकाे उपस्थितिमा वृक्षाराेपन कार्य सम्पन्न गरेकाे थियाे । जसमा नेपाली कांग्रेस पनाैतीकाे पुर्ण असहयाेग रहेकाे प्रष्टै देखिन्थ्याे । तथापि उक्त वृक्षाराेपण कार्यक्रमले कांग्रेसजनमा मन जित्न सफल भयाे । त्यसैगरि भाद्र २४ गते बिपीकाे याेगदानकाे विषयमा चर्चापरिचर्चा कार्यक्रम गरेकाे थियाे भने नेपाली कांग्रेसका वरिष्ठ नेता प्रदिप गीरी काे उपस्थितिमा भाद्र २५ गते बिपी विचारकाे सान्दर्भिकता आज र भाेलि विषयक जुम मिटिङ संचालन गरेकाे छ ।

यसरी हेर्दा पछिल्लाे समयमा जिल्ला तथा नगरले नेतृत्व लिएर गर्नु पर्ने काम बिपी विचार समाज पनाैतीले उत्कृष्ट रुपमा गरिरहेकाे देखेर कांग्रेसीजनमा बहस उठ्न थालेकाे छ । के बिपी विचार समाज पनाैती अबकाे विकल्प हाे र ?

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal