विवेककाे डल्लीलाई दर्शककाे साथ

विवेककाे डल्लीलाई दर्शककाे साथ

काठमाडौं / गायक विवेक चौलागाईंकाे पछिल्लाे समय आएकाे डल्ली गीतले दर्शक तथा श्राेताकाे मन जित्न सफल भएकाे छ ।

डल्ली गीतले सार्वजनिक भएकाे ३ हप्तामा १० लाख भ्युज युटुव मार्फत पाएकाे छ । यश गीतमा उनलाई एलिना चाैहानले साथ दिएकी छन् । विकास लामिक्षाने, एलिना चाैहान, राजारम गाैतम र विपना चाैलागाईले यश गीतमा अभिनय गरेका छन् । गीत डिएआर मुभिजकाे अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएकाे हाे ।

विवेकले हाल सम्म ५ वटा साेलाे दाेहाेरी गीत र अन्य १० वटा गीतमा सयुक्त रुपमा स्वर दिएका छन् । उनकाे साेलाे आएका गीतहरुमा नक्कली कान्छी, साच्चै माया दोहोरी गाउँछौँ त, फौजी जागिर, चरी मैना र डल्ली रहेका छन् । भने अन्य ५ वटा गीतमा संयुक्त रुपमा स्वर दिएका छन् ।

उनले नयां तथा अघिल्लाे पुस्ताका गायक गायिका संग गीत गाएका छन् । जसमा अघिल्लाे पुस्ता भोजराज काफ्ले, प्रभावन जे, गिता देबि र नयाँ पुस्ता सिर्जना हुमागाई, आकृति श्रेष्ठ र एलिना चौहान संग गीत गाएका छन् ।

विवेक उस्काे पुस्तामा तुलना गर्ने हाे भने अब्बल छन् तर समग्र क्षेत्रलाई हेरेर भन्ने हाे भने उदाउँदो गाएकका रूपमा स्थापित हुने चरणमा पुगेकाे गायक हाे भन्छन् लाेक दाेहाेरि गाएक भाेजराज काफ्ले । डल्लिले उसलाई स्थापित गराउने देख्छु उनले भने ।

विषेशत लाेक दाेहाेरि विधामा स्वर दिएका विवेकले अब बिस्तारै अन्य विधा तर्फ पाईला चाल्दै छन् । हाल उनी संगीत कक्षापनि लिईरहेका छन् ।

डल्ली गीतमा शब्द, संगीत तथा भिडियाे निर्देशन प्रभावनजे ले गरेका हुन् । नयां तथा पुराना कलाकारलाई बजारमा स्थापित गराउन पहल कदमि भुमिका निर्वाह गरिरहेका छन् श्रष्टा, सर्जक, निर्देशक प्रभावनजे ले । डल्ली गीतबाट दर्शकले दिएकाे प्रतिक्रिया पश्चात विवेक अझै आफुलाई तिखारेर प्रस्तुत हुने तयारीमा जुटेका छन् । विवेककाे अर्काे गीत चांडैनै डिएआर मुभिजबाट आउने कम्पनिका सञ्चालक सदस्य राजाराम गाैतमले जानकारि दिए । डल्ली गीत अेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal