अबको विकल्प: तिर्थ पसखलको नेतृत्व

अबको विकल्प: तिर्थ पसखलको नेतृत्व

प्रविण सापकोटा
मक्किइसकेको घरलाई पुनर्जीवन दिन सक्ने नेतृत्वकर्ता जिल्ला अधिवशेनबाट आउन सकेन भने त्यहींबाट दोस्रो प्रजापरिषद्को जन्म हुनेछ। यस अर्थमा अबको महाधिवेशन काभ्रे कांग्रेसको अग्निपरिक्षा पनि हो। नेकपाले सरकार सञ्चालन क्रममा जेजस्ता हर्कत गरिरहेको छ, लोकतन्त्रको मर्मलाई जसरी कुल्चिँदै छ, यी सबै कुरा जनतासामु प्रस्टसँग पुर्याउन सक्ने नेतृत्वकर्ताको खोजी काभ्रे कांग्रेसले गर्नैपर्छ।

यसै विच काभ्रे कांग्रेसभित्र एउटा एस्तो महाअभियान चाहिएको छ , जसले सिद्धान्तको पुनर्निर्माण गर्नेछ | पार्टी संगठनको पुनर्गठन गर्नुपर्ने छ | पार्टी आचरणमा शुद्धता खोज्नुपर्ने छ | यो सब गर्नका लागि भन्दा तितो होला तर कमजोर नेतृत्वबाट सम्भव छैन | काँग्रेसको कम्जोर नेतृत्वबाट जनतासंग टुटेको संबन्ध जोड्न असम्भब छ | तेसैले आगामी अधिवेशनबाट कमजोर नेतृत्वलाई बाइबाइ गर्ने पर्छ |

निष्ठा र आदर्श राजनीतिलाई आफ्नो जीवनभन्दा माथि राख्ने नेता तिर्थ पसखल अबको विकल्प हुन् | आपसी सद्भाव, प्रेम र मित्रताका पर्याय नेता पसखल नेपाली कंग्रेसको केन्द्रीय संगठन बिभागको सदस्य एवम नेपाली कंग्रेस काभ्रेका पूर्व सह–सभापति, पूर्व तरुण दलका जिल्ला अध्यक्ष, नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा २०६४ सालका प्रतिनिधि सभाको उमेदवार हुन् | बिक्रम सम्बत २०३५ साल देखि इन्द्रेश्वर स्कुलबाट सक्रिय बिधार्थी राजनितिमा होमिएका तिर्थ पसखल जुन पंचायती शासनको विरुद्धमा विद्रोह गरेका नेता पसखल निडर , स्पष्ट वक्ता तथा संगठन निर्माणमा निरन्तर सक्रिय व्यक्तित्व हुन् | २०३६ सालको जनमत संग्रहमा ठुलो भुमिका निर्वाह गरेका नेता पसखल २०४२\२०४५ सालमा जेल परेका थिए। २०४६ को बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापनाको निम्ति संघर्ष गरेको नेता पसखललाई लौहपुरुष गणेशमान सिंहसँग तुलना गर्दा फरक नपर्ला | विगत दश वर्ष शसस्त्र जनाअन्दोलनमा नेकपा माओवादीले गोली प्रहार गरी घाँटीमा ठुलो समस्या भएका पसखल नेपाली कांग्रेसको जिँउदो सहिदको उपनाम बाट चिनिने नेता तिर्थ पसखल एक संगठनलाई सधै बलियो र मजबुत बनाउने निर्माता हुन् |

सर्वसाधारण जनता र आफ्ना कार्यकर्ताको मन जित्न सक्ने, इमान्दार र निष्ठावान्, आत्मविश्वासले भरिएको, अरूलाई प्रभाव पार्न सक्ने क्षमता र लगनशीलता भएको, वाक–शक्तिमा निपूण, ठीक समयमा ठीक निर्णय लिन सक्ने क्षमता भएको, सबैलाई समेटेर अघि बढ्न सक्ने, युवाको आवाज सम्बोधन गर्न सक्ने, नयाँ कार्यशैली अपनाउने, प्रविधिसँग परिचित, आवश्यक पर्दा लचक र दृढ पनि रहन सक्ने अनि दर्शन र उद्देश्य प्राप्तिका लागि संकल्पित चाहिएको छ। यी सबै गुणले भरिपूर्ण नेता त पाउन असम्भवप्रायः छ, तर नेता तिर्थ पसखलमा यस्ता केही चरित्र पक्कै पाउन सकिन्छ। पार्टीको नेतृत्व यिनै नेतामा हस्तान्तरण भएन भने अर्को चुनावमा नेपाली कांग्रेस काभ्रे नयाँ प्रजापरिषद् हुनबाट कसैले रोक्न सक्दैन।
काभ्रे र जनताको हितका लागि समाज, त्यस समाजका विविध संस्कृति र सभ्यता, आर्थिक, शैक्षिक परिवेश, सामाजिक न्याय प्रणालीका विषयमा दूर दृस्टी राख्ने नेता पसखल काभ्रेली राजनीतिक इतिहासमा काभ्रेली माटो सुहाउँदो राजनीतिक विचार दिने कुशल प्रजातान्त्रिक नेता हुन् | नेता पसखल वि.पीको समाजवादलाई जीवन्त राख्न भन्नुहुन्छ-“के हामीहरु अहिले हिंडेको बाटोमा यि अधिकार छन् या छैनन सबै पक्ष समेटिन सकेका छौकी छैनौ कही हामी लोकतन्त्रका नाउमा वि.पिको कल्पनाको समाजवाद छोडेर अन्यत्र मोडिएका त छैनौं ? नेपाली काँग्रेसले गम्भीर भएर बिगत र वर्तमानलाई समिक्षा गरी परम्परागत शैलिमा न भएर नयाँ सैलिमा आफुलाई पूनर्ताजगी गराउन जरुरी छ ।“

वर्तमान समयमा आईपुग्दा काभ्रे कांग्रेसको आजको उपलव्धिको जगमा स्मरणीय आदर्श व्यक्तित्व नेपाली कांग्रेस केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईंको समय, श्रम, योग्यता, रणनीति, सीप र समयको योगदान सन्निहीत छ । उहाँ प्रति नेपाली कांग्रेसले सदा गर्व गर्दछ । अनेक ऐतिहासिक जिम्मेवारी निर्वाह गर्दै महत्वपूर्ण राजनीतिक परिवर्तनमा निर्णायक नेतृत्व प्रदान गरेको काभ्रे कांग्रेसलाई अझ सशक्त, ऐक्यबद्ध, सुदृढ, विचारशील, कर्मशील, उद्यमशील र सक्रिय वनाउन आजको मुख्य आवश्यकता र चुनौती रहेको छ | यी सबै कुरालाई अनुशरण गर्ने सक्ने , सम्मान गर्न सक्ने नेता अबको तिर्थ पसखलनै हुन् | विविध कुरालाई मध्यनजरमा राखी प्रश्न नआउला भन्न सकिन्न र यही कुरा ध्यानमा राखी विचार प्रकट गर्ने हो भने भन्न सकिन्छ होला कठिनाई अझै छ तर २०५६ को निर्वाचनमा नेपाली कांग्रेस तरुण दल काभ्रेको भूमिका निर्वाह गरेका त्यतिबेलाका तत्कालिन तरुण दल अध्यक्ष्य नेता पसखल वास्तवमै क्षमतावान व्यक्तित्व हुन् |

सम्पर्क, संवाद, नीति, प्रशिक्षण, आचरण, अनुशासन, एकता र सकृयता संगठन सुदृढीकरणका प्रमुख सूत्र र कार्य हुन् । लोकतन्त्रमा राजनीतिक दल प्रतिपक्ष र सत्तापक्षको भूमिकाका लागि सधै सक्षम र तत्पर रहनु पर्दछ । जनता र देशको पक्षमा, सरकारको जनविरोधी कामको विपक्षमा सदन र सडकमा सधैं सकृय रहनु पर्दछ— आवश्यक परे जुलुस, प्रर्दशन र शान्तिपूर्ण आन्दोलनको लागि पनि तयार रहनु पर्छ । आगामी सबै तहमा निर्वाचनको लागि योजनाबद्ध रुपमा निरन्तर कार्यरत रहनु पर्दछ । र यी सबै कुराका लागि हरेक तहका नेतागण तथा सम्पूर्ण आदर्श व्यक्तित्वहरुले बुझ्नु जरूरी छ कि काभ्रे कांग्रेसका लागि लोकतन्त्रको पहरेदार अबको १४औं अधिवेशनमा नेता तिर्थ पसखल नै हुन् |
आशा गरौँ काभ्रे कांग्रेसले १४औं अधिवेशनमा नेता तिर्थ पसखल नै पाउने छ | जय नेपाल |

(लेखक प्रविण सापकोटा नेपाली कांग्रेस काभ्रेका युवा नेता हुन् भने प्रश्तुत लेख लेखकका निजि विचार हो |)

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal