नायक आकाश र नायिका एलिजा पहिलाे पटक “सानु” मा

नायक आकाश र नायिका एलिजा पहिलाे पटक “सानु” मा

काठमाडौं / नायक अाकाश श्रेष्ठ र नायिका एलिजा गाैतम पहिलाे पटक लाेक दाेहाेरी गीत “सानु” मार्फत स्कृनमा देखिएका छन् ।

गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गाैतमकाे स्वर रहेकाे छ । शब्द संचारकर्मि कमल सरगम, लय घमेश दुलाल, एरेन्ज कमल साैराग, रेकर्डिष्ट बिमल एरिस छिनाल काे छ भने स्टुडियो मालाश्रीमा रेकर्ड गरिएकाे हाे ।

प्रभावन जे काे निर्देशन रहेकाे म्युजिक भिडियोमा नायिका एलिजा गाैतम, नायक आकाश श्रेष्ठकाे साथमा गुराँस ढकाल र २ बर्षिय बाल कलाकार समाइरा थापाकाे अभिनय रहेकाे छ ।

नायक अाकाश र नायिका एलिजाले संगै काम गरेकाे याे पहिलाे गीत हाे । भने आधुनिक गायकका रुपमा स्थापित प्रताप दासकाे पनि पहिलाे लाेक दाेहाेरी हाे ।

गीतकाे छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, काेरियाेग्राफ सन्ताेष राजबाहक, सहायक निर्देशन राजाराम गाैतम, कला मनिक पाख्रिन, प्राेडक्सन म्यानेजर विवेक चाैलागाई, प्राेडक्सन कन्ट्रोलर श्याम धिताल, ड्राेन सुरेश घिसिङ र मेकअप स्वस्तिका श्रेष्ठकाे रहेकाे छ ।

गीतले लाेक दाेहाेरी क्षेत्रमा नयां पुस्ता र पुरानाे पुस्ता बिचकाे सम्बन्ध थप बलियाे बनाउन मद्त गर्ने देखिन्छ ।

लाेक दाेहाेरी क्षेत्रका अग्रज गायक घमेश दुलाल र अन्जु पन्तकाे स्वरमा रहेकाे लाेक दाेहाेरि गीत “भुल” पनि चाडैंनै दर्शक माझ आउने डिएआर मुभिजका संचालक सदस्य राजाराम गाैतमले जानकारि दिए ।

गीत डि ए आर मुभिज को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएकाे छ ।

भिडियाे हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal