गायक एंव संगीतकार रमित लामाको ‘शेर्पिनी आजि’ बजारमा (भिडियो)

गायक एंव संगीतकार रमित लामाको ‘शेर्पिनी आजि’ बजारमा (भिडियो)

काठमाण्डौ । गायक एंव संगीतकार रमित लामाको ‘शेर्पिनी आजि’ बोलको गीत बजारमा आएको छ । डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।

उनले दर्शक र स्रोताले गीत मन पराउनेमा विश्वस्त रहेको बताएका छन । ‘डाँडा है पारी’ बोलको गीतबाट चर्चा बटुलेका गायक एंव संगीतकार
रमित लामाको हालसालै बजारमा आएको उक्त सेलो गीतमा शेर्पिनी आजीले च्याङ्बालाई मोहनि लगाएको बर्णन गरिएको छ ।

छवी लामा र मनोज दोङको संयुक्त लेखनमा रहेको उक्त गीतमा उनै गायक एंव संगीतकार लामाको स्वर र संगीत रहेको छ । नोर्बु शेर्पाले संगीत संयोजन गरेको उक्त गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।

भिडियोलाई सुर्य लामाले छायांकन,ड्रोन र कलर गरेका हुन भने युद्ध लामाले कोरियोग्राफी, सम्पादन र निर्देशन अमिर दोङले गरेका हुन । भिडियोमा सागर मोक्तान र रोहनी लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal