युरोपियन च्याम्पियन्स लिगको समुह विभाजन

युरोपियन च्याम्पियन्स लिगको समुह विभाजन

फुटबल क्षेत्रमा निकै महत्वपूर्ण प्रतियोगिताको रुपमा लिइने युरोपियन च्याम्पियन्स लिगको समुह विभाजन भएको छ । युरोप महाद्विपका विभिन्न देशहरुमा सम्पन्न लिग खेलका उत्कृष्ट क्लबहरु बीच वर्षदिनसम्म चल्ने प्रतियोगिताको रुपमा रहेको युरोपियन च्याम्पिन्यस लिगमा ३२ फुटबल क्लब छनौट गरी ८ समुहमा आज विभाजित गरिएको हो ।

गत सिजन विजेता जर्मनी फुटबल क्लब बार्यन म्युनिख समुह ‘ए’ मा रहेको छ भने सोही समुहमा स्पेनिस टिम एथ्लेटिको म्याड्रिडसँगै साल्जवर्ग र लोकोमोटिभ मोस्का रहेका छन् । यस्तै, १३ पटकको विजेत रियल म्याड्रिड समुह ‘बी’ मा सख्टर डोनेस्क, इन्टर मिलान र मोन्चेग्लाड्वच रहेका छन् । यस्तै, समुह ‘सी’ मा पोर्टाे, म्यानचेस्टर युनाइडेट, ओलम्पियाकोस र मार्सेली रहेका छन् भने समुह ‘डी’ मा लिभरपुल, अयाक्स, एट्लान्टा र मिड्जेल्लाड रहेका छन् ।

यसैगरी, समुह ‘ई’ मा सेभिल्लासँगै चेल्सी, क्रास्नोडार र रेन्नेस रहेका छन् भने समुह ‘एफ’ मा जेनिट, डर्टमन्ड, लाजियो र क्लब ब्रग रहेका छन् । समुह ‘जी’ मा इटालीयन क्लब युभेन्टससँगै स्पेनिस क्लब बार्सिलोना, डाइनामो काइभ र फ्रेनरभेरोस रहेका छन् र अन्तिम समुह ‘एच’ मा फ्रान्सेली च्याम्पियन पेरिससँगै म्यानचेस्टर युनाइटेड, लेइपेज र इस्टान्बुल बासाकेही रहेका छन् ।

हालसम्मको संस्करणहरुमा स्पेनिस क्लब रियल म्याड्रिडलाई पछ्याउने क्रममा इटालीयन क्लब एसी मिलानले सात पटक उपाधि जितेको छ । गत सिजन विजेता बार्यन म्युनिखले छैठौं पटक कप उचालेका थिए भने तिन्लाई पछ्याउने क्रममा इङ्गलिस प्रिमियर लिगको लिभरपुलले पनि ६ पटक उपाधि उचालिसकेको छ । यस्तै, स्पेनिस क्लब बार्सिलोनाले ५ पटक, नेटरल्याण्डको अयाक्सले ४ पटक, म्यानचेस्टर युनाइटेड र इन्टर मिलानले समान ३–३ पटक उपाधि उचालेका थिए भने युभेन्टसले २ पटक उपाधि रक्षा गर्न सफल भएका थिए ।

च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोलकर्तामा क्रिस्टियानो रोनाल्डोले १ सय ७० खेलमा १ सय ३० गोल गरेका छन्, जसमा उनले म्यानचेस्टर युनाइटेडबाट खेल्दै १५ गोल, रियल म्याड्रिडको तर्फबाट १ सय ५ गोल र हाल अनुबन्धित युभेन्टस क्लबबाट १० गोल गरेका छन् । त्यस्तै, लियोनल मेस्सीले बार्सिलोनाबाट १ सय ४३ खेलमा १ सय १५ गोल गरेका छन् । च्याम्पियन्स लिगको सबैभन्दा बढी खेल खेल्नेमा स्पेनका इकर क्यासिलास रहेका छन्, उनले हालसम्म च्याम्पियन्स लिगको १ सय ७७ खेल खेलेका छन्, जसमा रियल म्याड्रिडबाट १ सय ५० र पोर्टाेबाट २७ खेलमा सहभागी भएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal