सञ्चारकर्मी शरण हुमागाईंको परदेशी भाई सार्वजनिक

सञ्चारकर्मी शरण हुमागाईंको परदेशी भाई सार्वजनिक

काठमाडौं / सञ्चारकर्मी शरण हुमागाईंको परदेशी भाई सार्वजनिक भएकाे छ ।

पछिल्लो समय हाँस्ने खेल्ने निरकमल गीतबाट चर्चा बटुलेका गायक तथा सञ्चारकर्मी शरण हुमागाईंको पनि दशैं तिहारको सृजना परदेशी भाई सार्वजनिक भएको हाे।

देशमा उचित रोजगारीको अवसर नहुँदा र साहुको ऋणले चुर्लुम्म डुबेपछि परदेशीनु परेको कथा समेटिएको गीत गत शनिवार शक्ति नेपाल अनलाईन च्यानलबाट सार्वजनिक भएको हो । चाडबाडका बेला घर परिवार, आफन्त, ईष्टमित्र सबैबाट टाढा बन्दाको पीड अनि दशै तिहार जस्ता पर्वमा घर शुन्य बनेको यथार्थ समेटेको गीतको शव्द गायक स्वयमले नै लेखेका हुन् ।

साहुको ऋण, बुढा भएका बुवाआमाको हेरचार र घरको सबै व्यवहार थेग्न सामान्य परिवारको अवस्था म्यूजिक भिडियोमा उतार्न निर्देशक श्रीशक्ति बराईलीले निकै मेहनत गरेका छन् । यो गीतमा सूर्य तमाङ, इसारा रिजाल, रामशरण विसी, शान्ति तमाङ, सरोज गहतराज, सुमित्रा तमाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । शरण हुमागाईं र सावित्री श्रेष्ठको आवाजमा सजिएको उक्त गीतको लय तथा संगित संयोजन विष्णु तमाङले गरेका हुन् ।
भिडियोको हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal