श्रमजीबी पत्रकारहरुको आन्दोलन प्रति इन्जाको एक्यबद्धता

श्रमजीबी पत्रकारहरुको आन्दोलन प्रति इन्जाको एक्यबद्धता

काठमाडौ । कोरोना महामारीको निहुमा बिभिन्न मिडिया हाउसले श्रमजीबी पत्रकारहरुलाई अबकाश दिने, तलब नदिने, बेतलबी बिदा बस्न बाध्य पार्ने गर्देै आएको र सो कार्य तत्काल बन्द गरी अबकाश दिइएका पत्रकार र कर्मचारीहरुलाई बिना शर्त बहाली गर्न दबाब दिने उद्धेश्यले काठमाडौमा रिले अनशन जारी रहेको छ ।

नेपाली पत्रकारहरुकाे अन्तर्राष्ट्रिय संजाल (ईन्जा)का अध्यक्ष टंक पन्त अनसनरत पत्रकारकाे माग अध्ययन गर्दै

काठमाडौको बानेश्वरमा जारी रिले अनशन प्रति नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाले पनि एक्यबद्धता जनाएको छ । रिले अनशनको चौथो दिन आइतबार इन्जा ग्लोबलकै तर्फबाट उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्त र सदस्य राजाराम गौतम सहित पत्रकारहरुको टोली गएर एक्यबद्धता जनाएको हो ।

अबकाश दिइएका श्रमजीबी पत्रकार र कर्मचारीहरुलाई बिना शर्त तत्काल पुनर्बहाली गर्नुपर्ने , सरकारले तोकेको पारिश्रमिक अनिबार्य उपलब्ध गराउनुपर्ने , बाकी रहेको बक्यौता तत्काल भुक्तानी गर्नुपर्ने, जबर्जस्ती राजीनामा दिन बाध्य पार्ने कार्य बन्द गर्नुपर्ने, बदनियतपुर्बक गरिएका सरुवा खारेज हुनुपर्ने , बेतलबी बिदामा बस्न बाध्य पार्ने काम बन्द गर्नुपर्ने माग अनशनमा बसेेेका पत्रकारहरुको रहेको छ ।

६ महिना काम गरिसकेको श्रमजीबीलाई अनिबार्य स्थायी गर्नुपर्ने, श्रमजीबी पत्रकार ऐन पुर्ण कार्यान्वयन हुनुपर्ने , ऐन कार्यान्वयन नगर्ने संचार गृहलाई कानुन अनुरुप कारबाही गर्नुपर्ने, श्रमजीबीहरुलाई करचुक्ता प्रमाणपत्र उपलब्ध गराउनुपर्ने माग पनि अनशनकारी पत्रकारहरुको रहेको छ ।
अनशनमा बस्ने पत्रकारहरुले आम श्रमजीबी पत्रकारहरुको प्रतिनिधित्व गर्नुभएको र यो समस्या बेला बेलामा प्राय सधै हुने गरेकोले श्रमजीबी पत्रकारहरु एक भएर श्रमजीबी पत्रकारहरु अगाडि बढनुपर्ने खाचो रहेको छ । श्रमजीबी पत्रकारहरुकै मेहनतले संस्था चल्ने गरेको भएपनि संचालकहरुले त्यो अनुसारको ब्यबहार अहिले सम्म नगरेको आम श्रमजीबी पत्रकारहरुको गुनासो रहेको छ ।
एकयबद्धता जनाउने क्रममा इन्जा एशियाका अध्यक्ष टंक पन्तले इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइटेलको आन्दोलन प्रति गर्नुभएको एक्यबद्धता सन्देश सुनाउदै इन्जाले कोरोना महमारीका समयमा अबकाश पाएका र सोही कारण प्रभावित भएका देशभरिका पत्रकारहरुलाई सहयोग गर्ने गरी प्रक्रिया अगाडि बढाएको र सो प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी पनि गराए ।

रिले अनशनको संयोजन गर्नुभएका पत्रकार जन्मदेश जैसीले नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाले संस्थागत रुपमा समेत श्रमजीबी पत्रकारहरुको आन्दोलन प्रंति एक्यबद्धता जनाएकोमा इन्जा एशियाका अध्यक्ष पन्त मार्फत धन्यबाद ज्ञापन गरेेेेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal