ओम काजिको ठुलो मन, धुलिखेल ६ नं वडाले पायो निशुल्क जग्गा

ओम काजिको ठुलो मन, धुलिखेल ६ नं वडाले पायो निशुल्क जग्गा

काभ्रेपलान्चोक / धुलिखेल नगरपालिका वडा नं ६ ले स्वास्थ्य चौकिको लागि निशुल्क जग्गा पाएको छ ।

स्वास्थ्यचौकि राख्नको लागि वडा नं ६ का वडा अध्यक्ष ठाउँ खोज्दै हिडेको थिए । उनको मनमा कोही त्यस्तो मनकारी व्यक्ति पाए देखि स्वास्थ्य चौकि स्थापना गर्ने सोचले छलफल, भेटघाटमा लागि परे । यहि शिलशिलामा उनको भेट मनकारी व्यक्ति ओम काजी श्रेष्ठ सँग हुनपुग्छ । उनै ओमकाजिलाई वडा अध्यक्ष संजयले कोजुले आफु स्वास्थ्य चौकि राख्न उपयुक्त ठाउँको खोजिमा रहेको कुरा जानकारी गराउँछन् र सकिन्छ भने जग्गा उपलब्ध गराउन ओमकाजि लाई अनुरोध गर्छन । सामाजिक व्यक्तित्व अशाेक काजि यगाेल श्रेष्ठ काे समन्वयमा ओम काजि श्रेष्ठले युवा नेता तथा आफ्नो वडा अध्यक्षको प्रस्तावलाई सहस्र स्विकार गर्छन र तत्काल नगरपालिकालाई आफु वडा नं ६ को स्वास्थय चौकि निर्माण गर्न जग्गा दिन तयार रहेको पत्र सहित आफु उपस्थित भएर नगर प्रमुखकाे कक्षमा पुग्छन् ।

मालपोत कार्यालय, काभ्रेपलाञ्चोकमा हरि ओम काजी श्रेष्ठको नाममा दर्ता भएको धुलिखेल ७ (क) हाल धुलिखेल नगरपालिका वडा नं ६ को कि.नं २८२ को क्षेत्रफल ०–१–०–० को जग्गा स्व. बुबा देव सुन्दर श्रेष्ठ (चोच्छे) को नाम उक्त स्वास्थ्य चौकि भवनको शिलालेखमा राख्ने गरी वडा कार्यालय मार्फत नगरपालिकालाई प्रदान गरीएको हो ।

ओम काजि श्रेष्ठको यो सामाजिक उत्तरदायीत्व वहन गरेको देखेर वडा अध्यक्ष कोजु निकै खुःशि छन् । ओमकाजि श्रेष्ठले गर्नुभएको सहयोग प्रति कृतज्ञ छन् । वडावासीको स्वास्थ्यमा पहुंच बढाउन कोशेढुङ्गा सावितहुने बताउँछन् । सामाजिक काममा आफ्नो बुबाको नाममा सहयोगमा गर्न पाएकोमा ओमकाजि श्रेष्ठले खुःशी व्यक्त गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal