धुलिखेलमा आयुर्वेदिक शिविर सम्पन्न

धुलिखेलमा आयुर्वेदिक शिविर सम्पन्न

काभ्रेपलाञ्चोक/ धुलिखेल नगरपालिका वडा नं ६ मा रहेको पुर्णसञ्जीवनी लङ्खनामाई उच्च मा.वि धुलिखेलमा एक दिने आयुर्वेदिक शिविर संचालन गरिएको छ ।

शेर बहादुर मेमोरियल हेल्थ केयर प्रा.लि. को आयोजनामा डा. सबरी शाहा र बैद्य पुष्पराज कायस्थको सहयोगमा सह–आयोजक धुलिखेल वडा नं ६, ७ र धुलिखेल पार्टि प्यालेस, व्यवस्थापन आकाश भैरव क्लब, सहकार्य धुलिखेल नगरपालिकाले गरेको धुलिखेल वडा नं ६ का वडा अध्यक्ष संजय कोजुले जानकारी दिए ।

शिविर बाट १ सय ३ जनाले सेवा प्राप्त गरेको अध्यक्ष कोजुले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal