नेविसंघ नेता नृपेश वादेकाे नेतृत्वमा निशुल्क मास्क वितरण अभियान सुरु

नेविसंघ नेता नृपेश वादेकाे नेतृत्वमा निशुल्क मास्क वितरण अभियान सुरु

काभ्रेपलान्चोक/ नेपाल विद्यार्थी संघ काभ्रेका युवा नेता नृपेश वादेकाे नेतृत्वमा बटुवालाई निशुल्क मास्क वितरण कार्यक्रम सुरु गरेकाे छ ।

काेराेना भाईरसले विश्व आतंकित भैरहेकाे अवस्थामा हाम्राे समाज पनि यसकाे उच्च जाेखिममा रहेकाे छ । दिनानुदिन संक्रमितकाे संख्या बढ्दै गैरहेकाे अवस्थामा राेकथामकाे उपाय मास्क लगाएर हिड्नु पनि एक हाे त्यसैले निशुल्क मास्क वितरणकाे अभियान सुरु गरेकाे नेविसंघ का नेता युवाहरुकाे ढुकढुकि नृपेश वादेले जानकारि दिए । काेहि कसैले अन्य ठाउँमा याे किसिमकाे अभियान सञ्चालन गर्न चाहेमा नेविसंघ काभ्रेले सहयाेग गर्ने बताए ।

काेराेना भाईरसकाे संक्रमण सुरु भए देखिने नेता वादेकाे नेतृत्वमा विभिन्न कार्यक्रम संचालन भैरहेकाज छन् । उनकाे नेतृत्वमा लक डाउनकाे समयमा बटुवालाई खाना खुवाउने, सरकारि विद्यालयमा माक्स वितरण, अपाङ्ग तथा सुत्केरी महिला, वृद्धहरु, विद्यार्थीहरुलाई खाद्यान्न वितरण लगायतका कार्यक्रम संचालन भैसकेका छन् ।

अहिले मास्क निशुल्क रुपमा चांदनिचाेक बाट सुरु भएकाे र चांडै अन्य ठाउँबनट पनि सेवा थप विस्तार गर्ने याेजना रेहेकाे अर्का विद्यार्थी युवा नेता रविन गाैतमले बताए । आज पहिलाे दिनमा जे थापा बाट ५ सय पिस, सि वैद्य बाट ५ सय पिस र नेपाल विद्यार्थी संघ काभ्रेका जुुुुुुझारु युवा नेता निर्मल पाण्डे बाट ५० पिस मास्क सहयोग स्वरुप नेविसंघलाई प्राप्त भएकाे थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal