कृष्ण र पुजा काे ‘आयो दशैं’

काठमाडौं / हिन्दु नेपालीहरुको महान पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत ‘आयो दशैं’ सार्वजनिक भएको छ ।
सार्वजनिक उक्त गीत ‘आयो दशैं’ मा कृष्ण थापा र पुजा तामाङले स्वर दिएका छन् । मनोहर सुनामले संगीत भरेको छन् भने भोला पौडेलको शब्द रहेको छ । रेकर्डिङ तथा मिक्सिङ पनि भोलाकै रहेको छ । म्यूजिक खबर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा दशैंले ल्याउने रौनक र खुशीको वर्णन गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal