पनाैति गाेरखनाथ प्राङ्गणमा गणेश मुर्ति स्थापनाकाे कार्य सुरु

पनाैति गाेरखनाथ प्राङ्गणमा गणेश मुर्ति स्थापनाकाे कार्य सुरु

काभ्रेपलान्चोक / पनाैति नगरपालिका वार्ड नं ६ स्थित दलिन्चाेकमा स्थित ऐतिहासिक धराेहरकाे रुपमा चिनिने गाेरखनाथ मन्दिर प्राङ्गणमा गणेशकाे मुर्ती स्थापना कार्यले तिब्रता पाएकाे छ ।

पुर्ण रुपमा तयार हुदां देखिने मुर्तिकाे चित्र

धार्मिक तथा पर्यटन प्रबर्द्धन बिकासकाे लागि प्राकृतिक साैन्दर्य बढाउनका साथै, स्थानीय बासिन्दाकाे चाहाना अनुसार उक्त प्राङ्गणमा पन्चधातुबाट निर्मित ९ फिट अग्लाे गणेश काे मुर्ति स्थापनाकाे लागि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ लगाई भक्तजनहरुबाट संकलित रकमबाट उक्त गणेशकाे मुर्ति स्थापना गर्न लागिएकाे सामाजिक अभियन्ता, धार्मिक ब्यक्तित्व, गाेरखनाथ श्रीमद्भागवत सप्ताहकाे सचिवालय प्रमुख, हाल गणेशमुर्ति निर्माणसमितिका कार्यकारी प्राबिधिक/सल्लाहकार इन्जिनियर रामकुमार बस्नेतले जानकारि दिए ।

निर्माणधिन मुर्ति

बस्नेतकाे नेतृत्वमा ५ वटा भन्दा माथि सप्ताह महायज्ञ संचालन भईसकेकाे छ । भक्तजनहरुकाे इच्छा,चाहाना र संकल्प अनुसार कार्य पुरा गरिसकेकाे उनले बताए ।

उनले भने ‘हाल गाेरखनाथमा संकल्प लिएर अगाडि बढिरहेका छाै ९ फिट अग्लाे पन्चधातुबाट बन्ने गणेश मुर्ति स्थापना गर्न जुन भक्तजनहरुले हामिहरु माथि बिश्वासका साथ जिम्मेवारी दिनुभएकाे छ । हामी हाम्रो समिति निरन्तर रुपमा सक्रिय छाै। हाल गणेशमुर्ति बनाउन हामिले झरुवारासि लाेक ह्यान्डिक्राफ्टलाई समितिकाे निर्णय अनुसार मुर्ति बनाउन दिएका छाै । उक्त मुर्ति ७० प्रतिशत बनिसकेकाे छ भने त्यस्काे मूल्य रु अठार लाख र गणेशकाे बाहानकाे दुईलाख पर्ने र सम्झाेैक्ता पनि समितिले गरिसकेकाे छ, भने २०७७ पाैष महिना भित्र उद्घाटन गरिने हुदा अहिले अशाेज ०७७ बाट निर्माण कार्य सुरु भईसकेकाे साेहि क्रममा धार्मिक कार्य पुरा गर्न सहयाेगि समाजसेवीहरुकाे हातहरु अगाडि बढेका छन,अादरणिय चन्दादाता तथा भक्तजनहरुकाे भिड लागेकाे छ ।’

सहयाेगिहरुमा पनाैति ४ निवासि समाजसेवी महेश थापाबाट निर्माणकाे लागि निशान एक ट्रिप राेडा,पनाैति ५ निवासि बिनाेद खत्रीबाट २०००लि. खानेपानी ट्याङ्की एक,पनाैति ५ निवासि कृष्ण कार्किबाट बालुवा दुई निसान,पनाैति ८ मल्पि निवासि रबिन कार्किबाट निशानबाट ढुङ्गा दुई ट्रिप,पनाैति ५ निवासि हिमालयन एग्राे भेटनरि पनाैतिका संचालक डा.हरिकृष्ण थापाबाट सिमेन्ट २० बाेरा,पनाैति ६ हाल ४ निवासि धार्मिक गायककार उत्सब बस्नेतबाट सिमेन्ट २० बाेरा,पनाैति धनेश्वर निवासी अनिरुद्र थापाबाट बालुवा १ निसान,पनाैति ८ निवासि अन्जु रंजित के.सिबाट राेडा १ निसान,पनाैति ८ मल्पि निवासि भगवान बस्नेतबाट ढुङ्गा १ निसान,पनाैति ४ निवासि कुमार हुमागाईले ट्याङ्की राख्ने स्ट्याण्ड एक भने सहयाेगि हातहरु दिनप्रतिदिन बढ्दै गईरहेका छन।

साेहि क्रममा पनाैति न.पा वडा नं ६ वडा अध्यक्ष सुधिर सापकोटा र पनाैति नगरपालिकाका नगर प्रमुख भिम न्याैपानेले स्थानिय जनताकाे चाहाना अनुसार निर्माणाधिन कार्यमा साथ र सहयाेग हुने छ भनी अाश्वसन दिनुभएकाे जानकारि निर्माण समितिका कार्यकारि प्राबिधिक सल्लाहकार इ.राम कुमार बस्नेतले जानकारि दिनु भयाे।उक्त श्रीमद्भागवत गाेरखनाथ सरक्षण समिति र सप्ताह मुल अायाेजक समितिकाे सयुक्त रुपमा लगाईएकाे थियाे। निर्माण समितिकाे सचिबमा हरिशरण कार्कि,काेषाध्यक्षमा कुमार बाेगटि,अनुगमन समिति संयाेजक हरिकृष्ण बस्नेत,बजार खरिद संयाेजक माेहन कुमार बस्नेत हुनुहुन्छ भने उपसंयाेजक प्रदिप कार्कि हुनुहुन्छ र सहयाेगकाे क्रम जारि छ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal