बेनिशासँग ‘भाँडाकुटी’ खेल्दै शेखर र मुकुन

बेनिशासँग ‘भाँडाकुटी’ खेल्दै शेखर र मुकुन

काठमाडौ । दलित अन्तरजातीय प्रेम विवाह लगायत अन्य तीन वैवाहिक कथाहरुको सँगालोको रुपमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘भाँडाकुटी’मा शेखर सुवेदी र मुकुन भुसालसँगै वेनिशा हमालले अभिनय गर्ने भएको छ ।

नेपाली फिल्मी जगतमा फरक लुक्सबाट पर्दामा देखापर्दै आएका शेखर सुवेदीले नायिका वेनिशा हमाल र मुकुन भुसालसँग ‘भाँडाकुटी’ चलचित्रमा अभिनय गर्ने घटस्थापनाको अवसरमा घोषणा गरिएको हो । किरण विकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘भाँडाकुटी’ मा विवाह सम्बन्धी कथाहरुलाई तीता–मीठा किस्साहरु हाँस्यशैलीमा पस्किने जमर्काे गरिएको निर्माता कलम खड्काले बताउनुभयो । चलचित्रको छायाँकन भने आगामी फागुण महिनाबाट सुरु गरिनेछ । कोरोना भाइरसका कारण हाल छायाँकनको कार्य सुर गर्न नसकिएको निर्माता खड्का बताउनुहुन्छ ।

नेपाली रणवीर सिंह भनेर चिनिने शेखर सुवेदीले मोडलिङ्गबाट आफ्नो करियर सुरु गरी फरक लुक्सकै कारण फिल्म जगतमा भिन्नै पहिचान बनाउन सफल हुनुभएको छ । उहाँले दर्जनभन्दा बढी गीतहरुमा मोडलिङ गरिसक्नुभएको छ भने ‘चिँ मुसी चिँ’, ‘निर्भय’ र ‘गाँजा बाजा’ लगायतका नेपाली कथानक चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal