अर्जुनकाे ‘झ्याम्मै बाडुली’ मौलिक गीत सार्वजनिक

अर्जुनकाे ‘झ्याम्मै बाडुली’ मौलिक गीत सार्वजनिक

काठमाडौं / अर्जुन सुनाम, नेपाली सांगीतिक क्षेत्रका भर्सटायल गायक हुन् । आधुनिक, पप, गजल तथा लोक सबै गीतमा उतिकै फिट सुनिन्छन् । लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशील रहेका अर्जुनले यतिबेला ‘झ्याम्मै बाडुली’ बोलको मौलिक गीत सार्वजनिक गरेका छन् ।

लोकप्रिय गायक तथा संगीतकार बिबि अनुरागीको शब्द, संगीत र एरेन्ज रहेको उक्त गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतलाई गायकको अफिसियल युट्युव च्यानल ‘अर्जुन सुनाम’ मार्फत सार्वजनिक गरिएको हो ।

उदिराम खड्काले छायांकन गरेको गीतको भिडियोमा अर्जुन स्वयं गायकको चरित्रमा देखिएका छन् ।

यसअघि ‘सुर्खेतमा बुलबुले ताल’ ‘रामकसम’ ‘तिम्रै झल्को’, लगायतका थुप्रै गीतहरुमा स्वर दिइसकेका अर्जुनले चलचित्रको गीतमा समेत स्वर भरिसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal