युवा नेता एवं समाजसेवी जिम्बाद्धारा छारे रोग पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

युवा नेता एवं समाजसेवी जिम्बाद्धारा छारे रोग पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौँ / काभ्रे जिल्ला खानिखोला ५ निवासी लामो समयदेखी छारे रोग पीडित गंगा माया गोलेलाई आहाना फाउण्डेशनले आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडित गंगामायाको आर्थिक उपचारको सहयोगका लागि आहाना फाउण्डेशनले सहयोग गरेको हो ।

आहाना नेपालको तर्फबाट युवा नेता एवं समाजसेवी अविरल जिम्बाले पीडितलाई सहयोग हस्तान्तरण गरेका हु्न् । सहयोग जुटाउन समाजसेवी भिम तामाङ, टेक बहादुर तामाङ, कृष्ण लामा, चन्द्रकला रदखु, कमला तामाङ
लगायतले भूमिका खेलेका थिए ।

संस्थाले दुई वर्षयता उपचारमा सहयोग गर्दै आएको युवा नेता जिम्बाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal