रोजल शाहीको ‘प्रेमको गहिराई’ सार्वजनिक

रोजल शाहीको ‘प्रेमको गहिराई’ सार्वजनिक

काठमाडौं / गायक रोजल शाहीको स्वरमा रेकर्ड भएको ‘प्रेमको गहिराई’ शीर्षकको गीतको म्युजिक भिडियो शनिवार प्रिमियर गरिएको छ ।

काठमाडौंमा आयोजित एक समारोहमा उक्त गीतको भिडियो प्रिमियर गरिएको हो ।

उक्त गीतमा अनिल शाहीको शब्द तथा संगीत सुन्न सकिन्छ ।प्रिमियर कार्यक्रममा उपस्थित संगीतकर्मीहरुले गायक रोजल शाहीको स्वरको प्रशंसा गर्नुका साथै गीत र भिडियोको सफलताको कामना गरेका थिए ।

उक्त गीतको मिक्सिङ तथा मास्टरिङ ब्लुबेरी स्टुडियोमा गरिएको हो । गीतको म्युजिक भिडियोमा पनि गायक रोजल शाहीले नै अभिनय गरेका छन् ।

भिडियोमा गायक शाहीलाई अञ्जु चौलागाईंले अभिनयमा साथ दिएकी छिन् । सोहन मानन्धरको छायांकन तथा सम्पादन रहेको उक्त भिडियोलाई अनिल शाहीले निर्देशन गरेका हुन् ।

हाइलाइट्स रेकर्डको यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।

link of video :

https://www.youtube.com/watch?v=Uf5KiUhUtb8&feature=emb_title
तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal