पनाैति गाेखनाथमा स्थापना भयाे गणेश मुर्ति

पनाैति गाेखनाथमा स्थापना भयाे गणेश मुर्ति

काभ्रेपलान्चोक/ ऎतिहासिक धार्मिक स्थल १२ बर्षे मकरमेला लाग्ने स्थान पनौती-६ स्थित गोरखनाथ मन्दिर परिसरमा पन्चधातु द्वारा निर्मित ९ फिट अग्लाे गणेश मुर्ति स्थापना गरीएकाे छ । विधिवत रुपमा बाजा गाजा सहित गणेश मुर्ति स्वागत गरि पनाैति बजार परिक्रमा गराई पनाैति ६ गाेरखनाथ मन्दिरमा स्थापना गरियएकाे हाे । स्थापना भएकाे ९ फिट अग्लाे गणेशमुर्ति मुर्तिकार सहित पनाैति प्रवेश अागमन हुंदा स्वागत कार्यक्रमकाे लागि पनाैति ४ दुधमिल गाेरखनाथ जाने पुलबाट स्वागत गरिएकाे थियाे ।

उक्त स्वागत कार्यक्रममा पनाैति नगरपालिका नगर प्रमुख भिम न्याैपाने,संघिय बाग्मति अन्चल प्रहरी प्रमुख गुल्मपति प्र.नि ज्ञान ब.लामा,पनाैति चाैकि इन्चार्ज प्र.ना.नि अशाेक महत्व, पत्रकार महासंघ काभ्रेका पुर्ब अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य इश्वरि अाेझा, प्रभातफेरि साप्ताहिका सम्वाददाता प्रल्हाद शर्मा हुमागाई, पनाैति च्यानलका जीवन थापा, तपाईहाम्राे साप्ताहिकका प्रधान सम्पादक राेहित श्रेष्ठ, सगरमाथा टि.भि का सुमन चापागाईं, नागरिक दैनिक काभ्रेका संम्बाददाता तथा पनाैति उध्याेग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष पत्रकार मधुसुदन गुरागाई ,गाेरखनाथ संरक्षण संस्थाका सचिब गिता सापकोटा तथा प्रतिनिधिहरु, गाेरखनाथ राम भजन समितिका अध्यक्ष गाेबिन्द बस्नेत, लायन्स क्लबका प्रतिनिधिहरु, भु.पु सैनिक संघ काभ्रे, बिश्वहिन्दु माहासंघ काभ्रे,पनाैति शाखा अध्यक्ष माेहन कुमार बस्नेत,मुक्तिनाथ मन्दिर निर्माण समिति पनाैति ५ प्रतिनिधि राजेन्द्र थापा, माईतिबृद अाश्रामका प्रतिनिधि ,भालेश्वर मन्दिर संरक्षण समितिका प्रतिनिधि अर्जुन के.सि,पशुपति नाथ धर्मशाला निर्माण समितिका सत्य ब.श्रेष्ठ, जगत ब.श्रेष्ठ, एमनेष्टि ७२ पनाैतिका प्रतिनिधिहरु ,अारम्भ समूह दुधमिल,भागवत/धर्म प्रचार प्रसार समिति पनाैतिका अध्यक्ष अाेत ब.खड्का, स्थानिय ,पत्रकार ,नेपाल अार्मि, प्रहरि र श्रद्दालु भक्तजनहरुकाे उपस्थितमा बजार परिक्रमा गरिएकाे थियाे।

उक्त मुर्ति स्थापना कार्यकाे लागि गत बर्ष गाेरखनाथ मन्दिर संरक्षण सस्था र स्थानीय समाजसेवी ,धार्मिक ब्यक्तित्व, राजनीतिक ब्यक्तिकाे उपस्थितमा यज्ञ मुल अायाेजक समारोह समितिकाे गठन गरि श्रीमद्भागवत ज्ञान माहायज्ञ लगाई संकलित रकम र पछि निरन्तर चन्दा सहयाेगबाट निर्माण कार्य अगाडि बढिरहेकाे छ भने पनाैति ६ वडा कार्यालय र पनाैति नगरपालिकाले पनि यउटा समिति गठन भई नगरका समाजिक ब्यक्तित्वहरुले धार्मिक तथा पर्यटन बिकास र प्रबर्द्धनकाे लागि गरिएकाे कार्यमा साथ र सहयाेग निरन्तरता रहने छ भनी पनाैति ६ वडाका वडा अध्यक्ष सुधिर सापकाेटा, पनाैति नगरपालिकाका प्रमुख भिम न्याैपानेले अाश्वसन दिनु भएकाे उक्त मन्दिर निर्माण समितिका अध्यक्ष राम कुमार बस्नेतले जानकारि दिए ।

उक्त समितिका सचिब हरिशरण कार्किले भक्तजनहरुकाे चाहान अनुसार उक्त मुर्ति स्थापनाकाे लागि यकबर्ष देखि अाजकाे दिनसम्म हामी निर्माण समितिका पदाधिकारीहरु अहाेरात्र खट्टिई अाज गणेश मुर्ति पनाैति गाेरखनाथमा स्वागत गर्न पाउँदा समिति हर्षित भएकाे कुरा व्यक्त गरे ।

उनले अब बांकि कार्य पनि निरन्तरता दिई २०७८ बैशाख महिनामा प्राण प्रतिष्ठा गरि भक्तजनहरुमा सार्बजनिक गरिने र हाल कपडाले छाेपि राखिने जानकारि दिनु दिए ।

ससमितिका काेषाध्यक्ष कुमार बाेगटिका अनुसार भागवतमा भएकाे खर्च कटाई बाकि संकलित रकम रु. २२ लाखबाट सुरु गरिएकाे उक्त कार्य प्राबिधिक लगत स्टमेटबाट पैंतालीस लाख भन्दा माथि खर्चहुने, उक्त रकम श्रद्धालु भक्तजनहरु संघ, सस्था, नगरपालिका र वडाहरु संग सहयाेग मागि सम्पन्न गर्ने समितिकाे निर्णय भएकाे र अाम्दानि खर्चकाे बिबरण यहि माघ महिना भित्र भक्तजनहरुलाई गरिने र केही काहिलाई कुनै अार्थिक रकम सम्बन्धि कार्य बुझ्नु परेमा दैनिक हप्ताकाे मंगलबार हुने बैठकमा उपस्थित भई बुझ्न सकिने कुराकाे जानकारि समेत दिए।

अनुगमन समितिका संयाेजक हरिकृष्ण बस्नेत र बजार खरिद संयाेजक माेहन कुमार बस्नेतले निर्माण कार्य पारदर्शिता, कुशलताका साथ भईरहेकाे र हामी दैनिक निर्माणकार्यका लागि उपस्थित भई समितिकाे लक्ष्य अनुसार कार्य भएकाे जानकारि दिए ।

अध्यक्ष बस्नेतले निर्माण कार्य निरन्तर भईरहेकाे हुंदा हाल सम्म सहयाेग गर्नुहुने सम्पुर्णमा समितिकाे तर्फबाट हार्दिक धन्यबाद दिदै इच्छुक श्रद्धालु भक्तजनहरुका सहयाेगकाे अपिल गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal