शम्भू फोम्बो लिम्बूको आनिङ्वा सार्वजनिक

शम्भू फोम्बो लिम्बूको आनिङ्वा सार्वजनिक

काठमाडौं / गायक शम्भू फोम्बो लिम्बूको पहिलो लिम्बू पाःलाम भिडियोमा सार्वजनिक भएको छ । ‘आनिङ्वा सुम् सुम्’ बोलको गीत फोम्बोको आफ्नै शम्भू फोम्बोको आफ्नै युट्युव च्यानलमा सार्वजनिक भएको हो ।

शुक्रबार अनामनगरस्थीत नयाँअनलाइनको कार्यालयमा बालगायकगायिका केहेरसिंह लिम्बू र माङ्गेना कुरुम्बाङको उपस्थितिमा सार्वजनिक भएको हो । कार्यक्रममा भिडियोमा संलग्न कलाकार, प्राविधिक, गायकगायिका र निर्देशकको उपस्थिति थियो ।

सांस्कृतिक पुनर्जागरणको आवाज उठाइरहेका लेखक/ निर्देशक सागर केरुङले पाःलाम लेखन र गायनको संख्या बढेपनि व्याकरणीय कुरामा चुक्दै आएको कुरा बताएका थिए । कुनै पनि विधामा संख्या बढेपछि त्यसमा बहस हुने गरेको र एकरुपता हुुनुपर्ने केरुङको जोड थियो । त्यसैगरी पछिल्ला दिनमा गीतको अगाडिपछाडि संवाद तथा अभिनय जोड्ने प्रथा चलेको प्रसँग ल्याउँदै गीतले भन्न बाँकी छ भने संवादले पूरा गर्ने, गीतमै सम्पूर्ण कथा छ भने संवाद जोड्नुको अर्थ नरहेको पनि केरुङले बताएका थिए ।

लिम्बू र याक्खा जातिले मात्र गाउने पाःलाम र धान नाच्ने गर्दछन् । साइनो नलाग्ने युवायुवतीबीच एकअर्कामा हात समाई नाचिने पाःलाममा मायाप्रीतिका कुरा गरिन्छन् भने समसामयिक कुराकानी पनि हुने गर्दछ । कलाकार रुद्र पाहिम, कृष्णराज नेम्बाङ, सलमान थलङले अभिनय गर्दाको अनुभव बताएका थिए । जाडोको समयमा अभिनय गर्दा शरीरमा काँडा उम्रिएको कलाकारहरुको अनुभव थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal